पोखरा महानगरपालिका वडा नम्बर ३१, ३२ र ३३ का वडा अध्यक्षमा आकांक्षीहरु

पोखरा, २० चैत /आउँदो स्थानीय तहको निर्वाचन नजिकिदै जादा टोल, गाउँघर, वडा सबै तिर निर्वाचन कै चर्चा छ । कास्कीबाट ७२ जना वडा अध्यक्ष निर्वाचित हुनेछन् । त्यसमध्ये ३३ जना पोखरा लेखनाथ महानगरपालिकामा मात्रै हुनेछन् ।

पोखरा लेखनाथ महानगरपालिकाको ३३ वटै वडामा वडाध्यक्षको लागि आकांक्षा देखाउनेको सूची निकै लामो छ । पोखरा लेखनाथमा आकांक्षा व्यक्त गर्ने, कार्यकर्ताले मन पराएकाहरु पनि छन् । पोखरा लेखनाथ महानगरपालिकाको अध्यक्षमा चर्चामा रहेकाहरु ।

साविक लेखनाथ ९, १० र ११ मिलेर वनेको ३१ नम्बर वडामा काँग्रेसका तारामणि घिमिरे, ढकनाथ कँडेल, तीर्थ अधिकारी, महेश पौडेल, दुर्गा अधिकारी, दामोदरभक्त थापा, भरतराज तिवारी, भरतप्रसाद तिवारी, कृष्ण्प्रसाद ढुंगाना, केशवराज तिवारी, भोलानाथ तिवारी, शरदराज सुवेदी, खेमनाथ भटराई, कृष्णप्रसाद सापकोटा र देवेन्द्र रानाभाट, एमालेबाट चिरञ्जीवि बञ्जरा, मधुकर न्यौपाने, मित्रलाल भण्डारी, टिका खनाल, दिननाथ ढकाल, गणेश वहादुर थापा, बेदनाथ ओझा, गुणाखर पाण्डे र जिवन पौडेल तथा माओवादी केन्द्रका मदनबावु कोईराला, कृष्णप्रसाद तिमिल्सेना, प्रेम विक, किशोर परियार, नयाँ शक्तिबाट चिन्तामणी खरेल , बसन्ती विक , निर्मल खडका , पुष्पा आर्चाय , प्रकाश भुर्तेल , मनहरी कडेलको नाम अगाडी छ ।

लेखनाथ १३, १४ र १५ मिलेर बनेको पोखरा लेखनाथ महानगरपालिका ३२ नम्बर वडाको वडाअध्यक्षमा काँग्रेसका डोलराज पण्डित, टेकनाथ पन्थी, शिववहादुर गुरुङ, अकंलवहादुर कार्की, कुलप्रसाद अधिकारी र बिमला बस्नेत, एमालेमा खेमवहादुर पुन, विष्णु तिवारी, शुसिला ठटराई, सुनमाया ठटराई र पदमराज तिवारी तथा माओबादी केन्द्रमा अर्जुन मल्ल र श्रीप्रसाद पन्थी, नयाँ शक्तिबाट हस्त बहादुर कुवर , कमल पुन ,कमल थापा , रमेश गुरुङ् अगाडी देखिएका छन् ।

पोखरा लेखनाथ ३३ मा भरतपोखरीमा काँग्रेसका रामचन्द्र पौडेल, सरोजराज अधिकारी, विष्णुप्रसाद पौडेल, भोजराज आचार्य, दिनेश आचार्य, र केशरप्रसाद निर्दोषी छन् भने एमालेमा रामजी लम्साल, यज्ञ प्रसाद अधिकारी, टुकराज भण्डारी, दीपक लामिछाने, हरि प्रसाद गोर्खाली, शिवप्रसाद आचार्य र चन्द्रप्रसाद पौडेलको नाम चर्चामा छ । उता माओबादी केन्द्रमा चाहीँ भीमवहादुर सार्की, ऋषिराज आचार्य, चेत बहादुर महत, विश्वेश्वर हरामी र गोपाल पुन तथा राप्रपाबाट कृष्ण अधिकारी र सोम बहादुर गुरुङ नयाँ शक्तिबाट श्रीधर पौडेल , प्रकास बसौला , सोमनाथ लामिछाने , लक्ष्मण गुरुङ्को नाम बढी सुनिएको छ ।

कमेन्टहरु
Loading...