पोखरा लेखनाथ महानगरपालिका ३१ मा एमालेको मोटरसाईकल ¥र्याली

कृष्ण आचार्य,पोखरा, १६ बैशाख /पोखरा-लेखनाथ महानगरपालिका वडा नम्वर ३१ मा नेकपा एमालेले चुनाबी अभियान अन्तरगत बृहत मोटरसाईकल र्याली सम्पन्न गरेको छ । चुनाब प्रचारप्रसार समिति वडा नम्वर ३१ र युवा परिचालन कमिटीको आयोजनामा शनिबार सम्पन्न मोटरसाइकल ¥र्यालीमा करिब दुई सय मोटरसाईकलको सहभागिता रहेको थियो ।

पोखरा-लेखनाथ महानगरपालिका वडा नम्वर ३१ को बेगनासतालबाट सुरु भएको मोटरसाईकल ¥र्याली एक्लेकुना, सुकेडाडा, मोहोरियाचोक, लामास्वारा, स्याङ्खखूुदी, गोल्ठेपानी, पौवा, माझथर, खत्रीकोपहरा, अर्चलथर, लप्सीडाडा, खोलाबेशी, तालबेशी, पौरखे-भञ्ज्याङ्ग, सुन्दरीडाडा, पचभैया हुदै पुन बेगनासतालमा आएर सम्पन्न भएको थियो ।

३१ मा एमालेको मोटरसाईकल ¥र्याली

बृहत मोटरसाईकल ¥र्यालीको सुरुवात गर्दै पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर ३१ का एमालेका सम्भाबित वडा अध्यक्ष पदका उमेदवारहरु कमल बहादुर थापा, पदमराज ढकाल र दिननाथ ढकालले ३१ नम्वर वडामा अब एमालेको लाल झन्डा फराउने पक्का भएको बताउदै आफुहरु मध्य जो अध्यक्षको उमेदवार भएर आएपनि मिलेर अगाडी बढ्ने प्रतिबद्दता ब्यक्त गरेका छन् । एमालेको जित सुनिश्चित भएको भन्दै उनिहरुले एमालेलाई बिजय बनाउन सबै लाग्नु पर्नेमा पनि जोड दिए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि कास्कीका सचिवालय सदस्य शंकरनाथ पौडेल , नेकपा एमाले जिल्ला कमिटि कास्कीका सदस्यहरु चतुरे बिक, साबित्री भण्डारी, चुनाब प्रचारप्रसार समिति वडा नम्वर ३१ का संयोजक गणेश बहादुर थापा, युवा संघ नेपाल पोखरा-लेखनाथ महानगरपालिका वडा नम्वर ३१ का अध्यक्ष बुद्दी बहादुर नेपाली,  अनेरास्वबियुका प्रकाश भुजेल, सन्तोश अधिकारी, राममणी अधिकारी, जिबन पौडेल लगायत ३ सय भन्दा बढि युवाहरुको सहभागिता रहेको थियो ।उक्त वडा सबिक लेखनाथ नगरपालिकाको वडा नम्वर ९ ,१० र ११ मिलेर बनेको नयाँ वडा हो ।

कमेन्टहरु
Loading...