तालाबन्दीले पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन रोकियो, अनेरास्ववियुद्धारा तत्काल निर्वाचनका माग

पोखरा, १७ फागुन /पोखराको सबै भन्दा बढि विद्यार्थी पढ्ने पृथ्बीनारायण क्याम्पसमा तोकिएको समयमा स्ववियु निर्वाचन नहुने भएको छ । मनोनयन दर्तापछि अन्तिम समयमा अखिल क्रान्तिकारीले तालाबन्दी गरे पछि निर्वाचन नुहने भएको हो ।

उमेदवारको मनोनयन दर्ता भएर नामावली प्रकाशित भएको रात अर्थात् फागुन १४ गते राती क्याम्पसको विज्ञान संकायको प्रशासनिक भवनको तालाफोडी विद्यार्थी परिचय पत्र चोरी गरेपछि निर्वाचन विथोलिएको हो ।

माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीले एमाले निकट अनेरास्ववियुले राती झण्डै साढे चार सय परिचयपत्र चोरी गरेको आरोप लगाउदै निर्वाचन समितिको सचिवालयमा ताला लगाएपछि निर्वाचन सम्बन्धि अन्य कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । तालाबन्दीको कारण मनोनयन दर्ता गराएका उमेदवार उपर दावि विरोध, छानविन र उमेदवारको अन्तिम नामावली समेत प्रकाशित हुन नसकेपछि बुधवार हुने भनिएको मतदान समेत रोकिएको हो ।

ताला खुलाएर निर्वाचनको बाताबरण बनाउन दिल बहादुर क्षेत्रीको संयोजकत्वमा गठित समितिले पहल गरेपनि विवाद समाधान हुन सकेन । विद्यार्थी परिचय पत्र चोरी भएको बारे क्याम्पस प्रशासनले छानविन गर्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने अखिल क्रान्तिकारीको माग छ । तर एमाले निकट अनेरास्ववियुले सो घटनामा आफ्नो संगठनको संलग्नता नरहेको र निर्वाचन भाड्ने षड्यन्त्र गरिएको आरोप लगाएको छ ।

अनेरास्ववियुले मंगलबार पत्रकार सम्मेलन गरि अखिल क्रान्तिकारीले आफुले लज्जाजनक हार बेहार्ने निश्चित भएपछि निर्वाचन तालिकालार्य प्रभाववित पार्नेगरि निर्वाचन समितिको कार्यालयमा तालबन्दी गरेको आरोप लगाएको छ । निर्वाचनको सहज बातावरण बनाउने गरी तालाबन्दी खोल्न स्मरण गदाउदै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिका अध्यक्ष राजन पराजुलीले क्याम्पस प्रशासनले अविलम्ब निर्वाचनको गराउनु पर्ने माग राखे ।

पृथ्बीनारायण क्याम्पसमा ९ वटा बिद्यार्थी संगठन सक्रिय छन् । निर्वाचनका लागि ८ वटा प्यानलले मनोनयन दर्ता गराएका छन् । जस अनुसार नेपाल बिद्यार्थी संघ र नयाँ शक्ति बिद्यार्थी युनियनले गठबन्धन गरेका छन् भने अनेरास्ववियु, माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी, विप्लव माओबादी निकट अखिल क्रान्तिकारी, अखिल छैटौं, प्रगतिशिल बिद्यार्थी युनियन, प्राज्ञिक बिद्यार्थी परिषद् र समाजवादी बिद्यार्थी फोरमले प्यानल सहित उमेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा ९ जनाले मनोनयन दर्ता गराएका छन् । अनेरास्ववियुको तर्फबाट सरिता पुरी, माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीको तर्फबाट प्रविणा अधिकारी, विप्लव माओबादी निकट अखिल क्रान्तिकारीबाट मिलन राई, नेपाल बिद्यार्थी संघ र नयाँ शक्ति बिद्यार्थी युनियनबाट राजेश हमाल, अखिल छैटौंको तर्फबाट प्रताप पौडेल , प्राज्ञिक बिद्यार्थी परिषद्बाट मिलन अधिकारी, प्रगतिशिल बिद्यार्थी युनियनबाट प्रकाश तिवारी, समाजवादी बिद्यार्थी फोरमबाट रेशम तामाङ र स्वतन्त्र उमेदवार लक्ष्मण रोका मगर अध्यक्षको दौडमा छन् ।

पृथ्बीनारायण क्याम्पसमा ८ हजार १६ जना मतदाता छन् । पिएन क्याम्पसमा यसअघि सम्पन्न सबै स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुले पकड जमाउदै आएको थियो । निर्वाचन प्रक्रिया सुरु भएर पनि विवादका कारण अन्तिम समयमा पृथ्बीनारायण क्याम्पसको मतदान विथोलिएको हो ।

पोखराका अन्य पाँच क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको छ । पोखराको पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस, वनविज्ञान अध्ययन संस्थान, जनप्रिय क्याम्पस र बिन्ध्यावासिनी संस्कृत विद्यापीठमा भने निर्वाचन सम्पन्न हुने बताइएको छ ।

कमेन्टहरु
Loading...