कांग्रेससँग कुनै एजेन्डा नभएकाले ‘अधिनायकवाद आयो’ भन्दै हिँडेको प्रधानमन्त्रीको आरोप

काठमाडौं, साउन १२/प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेससँग कुनै एजेन्डा नभएकाले ‘अधिनायकवाद आयो’ भन्दै हिँडेको आरोप लगाएका छन् ।शनिबार राजधानीमा प्रोगेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल र नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठनको एकता घोषणासभामा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेस डा. गोविन्द केसी र गंगामाया अधिकारीको पुच्छर समातेर वैतरणी पार गर्न खोजेझैं अघि बढेको आरोप लगाए ।

सरकारलाई बदनाम गर्न, मजाकमा उडाउन खोजिएको भन्दै उनले विरोधीहरुलाई सुध्रन आग्रह गरे ।प्रधानमन्त्री ओलीले देशमा अब तुइनको अन्त्य भइ आँशु र दुःखका दिन सकिएको बताए । आगामी दुई वषभित्र काठमाडौंका सबै सडक हेर्न लायक बनाउने प्रतिबद्धता पनि उनले जनाए ।रेल ल्याउने, तुइन हटाउने कुरा गर्दा कागजको डुंगा बनाएर सरकारको मजाक उडाइएको भन्दै उनले यी सबै काम सरकारले फत्ते गरेर देखाउने जिकिर गरे ।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले शासक मानसिकता भएकाहरुलाई कम्युनिस्ट एकता मन नपरेको टिप्पणी गरे ।देशलाई आर्थिक विकासतिर लैजाने संकल्पलाई जनताले अनुमोदन गरेकाले आफूहरुलाई अघि बढ्न सहयोग गरेको उनको भनाइ थियो ।प्रोगेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल (पिन) एकता घोषणा भएको नेकपाको पहिलो संठगन हो ।

कमेन्टहरु
Loading...