पिसिआर माग, प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालाई कोरोना उपचार नवनाउन माग

कांग्रेस गण्डकी प्रदेश संसदीय दलल र जिल्ला समितिद्धारा छु्ट्टछुटै ठाँउमा ज्ञापन पत्र

पोखरा, २ असार / नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले ,मुख्यमन्त्री र जिल्ला समितिले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई २१ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोलीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेर मुख्यमन्त्री पृथ्वीुसुब्बा गुरुङलाई ज्ञापन पत्र बुझाएको हो । नेपाली काग्रेंसका जिल्ला सभापती कृष्ण बहादुर केसिले कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई १४ बुँदे ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्रमा तत्काल आरडिटी परीक्षण रोक्न माग गर्दै , कोभिड रोकथामका लागि गरिएको खर्च नियमित र पारदर्शी बनाउन सरकारसँग आग्रह गरिएको छ । तत्काल आरडिटी परीक्षण रोक्न माग गर्दै ज्ञापनत्रमा कोभिड रोकथामका लागि गरिएको खर्च नियमित र पारदर्शी बनाउन सरकारसँग आग्रह गरिएको छ ।

मृत्युपछि परीक्षण गर्ने प्रक्रियालाई निरुत्साहित गरी देशैभर १ घर १ पिसिआर टेस्टको माग कांग्रेसले गरेको छ । डेडिकेटेड अस्पताल र आइसोलेसन वार्डमा भेन्टिलेटर र आइसियु लगायत अत्यावश्यक स्वास्थ्य पूर्वाधार, उपकरण, सामग्री र जनशक्तिको तत्काल व्यवस्था गर्न ज्ञापनपत्रमार्फत सुझाव दिइएको ।

दलले नियमित रुपमा सरकारलाई सुझाव र सल्लाह दिँदै आए पनि सरका बोली मात्र रहने आत्मुग्ध भएर स्वप्रंशसामा रमाउने, निर्णय गर्ने तर लागु नगर्ने निर्देशन दिने तर कार्यान्वयन नगर्ने गरेको भन्दै ज्ञापनपत्रमा यसप्रति खेद जनाइएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘प्रतिपक्षको सकारात्मक सुझावलाई आत्मसात गरी व्यवहारमा उतार्न देखाएको उपेक्षा चिन्ताजनक र खेदजनक छ ।’ दलका नेता कृष्णचन्द्र नेपालीले उद्योग र व्यवसायमा सम्बद्ध मजदुरहरुको दैनिक गुजारको माग समेत गरिएको बताए ।कोभिड १९ का कारण अति प्रभावित भएको कृषि क्षेत्र, उद्योग व्यवसायलाई जीवित राख्न संघ सरकारले आवश्यक आर्थिक प्याकेज ल्याउने व्यवस्था गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसको आग्रह छ ।

ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले प्रमुख प्रतिपक्षी दलको सुझाव र सल्लाहलाई ग्रहण गर्दै सरकार अगाडि बढिरहेको बताए । काम गर्ने सिलसिलामा कतिपय अवस्थामा कमजोरी भएको भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता उनले जनाएका छन् । यता नेपाली काग्रेंसस कास्कीले ज्ञापन पत्रमा तत्काल आरडिटी परीक्षण रोक्न माग गर्दै, कोभिड रोकथामका लागि गरिएको खर्च नियमित र पारदर्शी बनाउन सरकारसँग आग्रह गरिएको छ ।

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालाई कोरोना उपचार अस्पताल नवनाई अन्य ठाँउमा कोरोना अस्पताल वनाउन माग गरेको छ । ज्ञापन पत्र बुझाउनु नेपाली काग्रेसका कार्यकता मुस्ताङ चोकमा भेला भई सरकार विरुद्ध नारावाजी गदै जिल्ल प्रशासन कार्यालयमा पुगेका थिए ।

कमेन्टहरु
Loading...