तीन गाविसलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्छु ः बराल

पोखरा, ६ कात्तिक /कास्कीको निर्वाचन क्षेत्र न.३ मा एकीकृत मा एमाओवादीका उम्मेदवार रामजीप्रसाद बराल (जीवन) ले भरतपोखरी, निर्मलपोखरी र कृस्तीलाई जोडेर नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पहल गर्ने बताउनुभएको छ ।आज कृस्तीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता बरालले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आवश्यक पुर्वाधारहरु बाटो, खानेपानी, भौतिक संरचना निर्माणमा आफ्नो पहल रहने बताउनुभयो । यसअघिका प्रतिनिधीले ढाँट छलको राजनीति गरेकोले क्षेत्र न.३ का गाविसहरु पछाडि परेको बताउँदै उम्मेदवार बरालले अब गोलाकारभित्रको हसियाँ हथौडामा छाप लगाएर एमाओवादीलाई जिताउन आग्रह गर्नुभयो ।

कृस्तीको गाविसको देउरालीमा सम्पन्न सभामा युवा नेता किरण थापा (अमोद) ले संविधान सभा एमाओवादीकै एजेण्डा भएकोले अबको निर्वाचनमा पनि एमाओवादीकै जित सुनिश्चित भएको बताउनुभयो ।

कमेन्टहरु
Loading...