नेकपाको स्थायी समिति बैठक बोलाउने निर्णय

पोखरा, २० वैशाख / शनिबारको सचिवालय बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।

पार्टीको सचिवालय बैठकले बैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यसअघि स्थायी कमिटी बैठकको आवश्यक तयारीका लागि वैशाख २४ गते सचिवालय बैठक बोलाएको छ ।

२४ गतेको सचिवालय बैठकले स्थायी समिति बैठकको एजेण्डा तय गर्नेछ । यसअघि नेकपाभित्र विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक बोलाउन पार्टीमा दवाव बढेको थियो ।

कमेन्टहरु
Loading...