नेकपाको गण्डकी प्रदेश ईन्चार्जमा पृथ्वीसुब्बा गुरुङ र अध्यक्षमा हितराज पाण्डे

पोखरा, ५ असोज / नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले प्रदेश इन्चार्ज, अध्यक्ष, सचिव र सह–इन्चार्ज तोकेको छ ।

शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी टुङग्याएको हो ।

गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङलाई तोकेको छ । त्यसै गरि हितराज पाण्डेले अध्यक्षको जिम्मेवारी

पाएका छन् भने गुरुङ साविक एमालेका केन्द्रिय सचिव हुन् । उनी हाल गण्डकी प्रदेशको मुख्यमन्त्रीको रुपमा

कार्यरत छन् ।

यस्तै प्रदेशको अध्यक्ष बनेका पाण्डे साविक माओवादीका नेता हुन् । प्रदेशको सह इन्चार्जमा खगराज अधिकारी र

सचिवमा गोविन्द नेपाली तोकिएका छन् ।

कमेन्टहरु
Loading...