नयाँ शक्ति धिताल ६ को संयोजकमा पौडेल

पोखरा, १२ चैत्र/कास्कीको माछापुच्छ«े गाउपालिका अन्तर्गत धितालको वडा नं. ६ मा वडा स्तरिय भेलाले मिनराज पौडेललाई संयोजकमा चुनेको छ । नयाँ शक्ति पार्टी नेपालको आयोजनामा शनिबार भएको उक्त भेलाले पौडेललाई सवसम्मत चयन गरेको हो ।

भेलाका प्रमुख वक्ता नयाँ शक्ति पार्टी कास्की जिल्ला संयोजक हेमबहादुर थापाले सबै मिलि देशको आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउदै देशको विकासलाई छाडेर देशलाई पछाडी धकेल्ने कार्य कसैले गरेमा जोकोहीलाई पनि नछोडीने बताएका थिए । भेलाले सह–संयोजकमा गंगाराम अधिकारी र लक्ष्मी विक रहेका छन्भने सदस्यमा राजु क्षेत्री, कृष्ण पौडेल, सोमबहादुर नेपाली, लव पौडेल, हर्क बहादुर नेपाली, पवन गौतम, टेक बहादुर बिक, बलराम पौडेल, आशिष अधिकारी, शुशिल विक, शेर बहादुर क्षेत्री, मिन नेपाली, सिर्जना विक, भिम प्रसाद गौतम, शुसिला गौतम, सुर्य प्रसाद अधिकारी, बसन्त अधिकारी, दुर्गा विक र होमबहादुर परियार रहेका छन् ।

त्यस्तै केन्द्रीय परिषद् सदस्य देवी सुवेदी, टिकाराम पौडेल, भानुभक्त अधिकारी, तोयानाथ लम्साल, विद्यार्थी नेता नेत्र चापागाई, कास्की जिल्ला सहसंयोजक शम्भु खाती परियार र खड्ग बहादुर तमुले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । भेलाको अध्यक्षता मिनराज पौडेलले गरेका थिए भने स्वागत मन्तव्य कृष्ण पौडेलले राखेका थिए ।

कमेन्टहरु
Loading...