नेपाल निर्माण व्यवसायी संघको लोकतान्त्रिक प्यानल घोषणा

पोखरा, १६ पोखरा/नेपाल निर्माण व्यसायी संघ कास्कीको २६ औं साधरणसभा तथा १४ औं अधिवेशन २२ गते

हुने भएको छ । अधिवेशनलाई लक्षित गरि नेपाल लोकतान्त्रीक निर्माण व्यवसायी संघ कास्कीले सुरेन्द्र श्रेष्ठको

अध्यक्षतामा प्यानल सहितको उमेद्धारी घोषणा गरेको छ । उता वाम गठबन्धनको तर्फबाट आनन्द बरालको

नेतृत्वमा प्यानल बनाउने तयारी वाम गठबन्धन गरेको छ ।

लोकतान्त्रिक समुहको बरिष्ट उपाध्यक्षमा बल बहादुर राना, उपाध्यक्षमा दीपेन्द्र मरासिनी, सचिवमा टेक

बहादुर भुजेल, सह सचिवमा शिरस कुमार बास्तोला, कोषाध्यक्षमा लिलकाजी गुरुङ, सह–कोषाध्यक्षमा

हिरामणी पोखरेल रहेका छन ।

सदस्यहरुमा होम बहादुर भुजेल, ध्रुर्व बहादुर भट्टराई, ज्ञानेन्द्र घिमिरे, सुमन श्रेष्ठ, बुद्धिमान तामाङ, हिक्मतजंग

कार्की रहेपनि बाम गठबन्धनका तर्फबाट भने अन्य सदस्य र पदाधीकारीको नाम घोषण भएको छैन ।

उमेद्वार परिचय तथा घोषणा कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले

लोकतन्त्रबादीहरुको एकता आवश्यक रहेको बताउनुभयो । प्रदेश सांसद बिन्दु कुमार थापाले व्यवसायीको हक

हितका लागि लोकतान्त्रिक समुहले जित्नु पर्ने बताउनु भयो ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीमा ४ सय १३ जना सदस्यहरु रहेका छन । संघको २२ गते साधरसभाको

उद्घाटनसत्र र २३ गते निर्वाचनको कार्यक्रम रहेको जनाईएको छ ।

कमेन्टहरु
Loading...