राष्ट्रिय सभा सदस्यका नारायणकाजी श्रेष्ठको उमेद्वारी दर्ता

पोखरा, २० पुस / राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठले उमेदवारी मनोनयन दर्ता गराएका छन् । उनीसँगै नेकपाकी भगवती न्यौपानेले महिलातर्फबाट राष्ट्रिय सभा सदस्यको लागि आइतबरा निर्वाचन कार्यालय पोखरा पुगेर उमेदवारी दर्ता गराएकी हुन् ।

श्रेष्ठको प्रस्तावका गण्डकी प्रदेश प्रवक्ता रामशरण बस्नेत रहेका छन् भने सर्मथकमा दिलमाया रोका मगर रहेकी छन् । त्यसै गरी न्यौपानेकी प्रस्तावका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ छने भने समर्थकमा पोखरा महानगरपालिकाकी उपमयेर मन्जु गुरुङ रहेकी छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महिलाबाट म्यादीकी बिमला गौचन र खुलाबाट स्याङ्जाका सुर्यप्रसाद रेग्मीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । रेग्मीको प्रस्तावकमा गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल र समर्थक भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख छायाँराम पौडेल रहेका छन् ।

त्यस्तै महिला सदस्यमा उम्मेदवारी दिएका विमला गौचनको प्रस्तावकमा जलजला गाउँपालिका पर्वतकी उपाध्यक्ष सीमा गर्बुजा पुन र समर्थक स्याङ्जा भीरकोट नगरपालिकाकी उपमेयर सीमा कर्माचार्य रहेकी छन् ।

त्यसै गरी राष्ट्रिय जनमोर्चाका तर्फबाट शंकर बरालले उमेद्वारी दिए । उनको प्रस्तावकमा गण्डकी प्रदेशका सांसद कृष्ण थापा र समर्थकमा गण्डकी प्रदेशकी सासंद प्यारी थापा रहेकी छन् ।
नेपाली कांग्रेसका विन्दा राना मगर र सुरेन्द्र पाण्डे २ वर्ष अवधि सकिन लागेका कारण राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुन लागेको हो । गण्डकी प्रदेशमा जम्मा जम्मी २ सय ५२ मतदाता छन् । ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेश सभा सदस्यले मत दिने छन् ।

गण्डकी प्रदेशको मतदानस्थल जिल्ला निर्वाचन कार्यालय कास्कीको कार्यालयलाई तोकिएको छ । माघ ९ गते राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन हुनेछ । नारायणकाजी श्रेष्ठ अहिलेका समाजवादीका अध्यक्ष बाबुराम भट्टराईसँग प्रतिनिधि सभाका चुनावमा गोर्खामा पराजित भएका थिए ।

कमेन्टहरु
Loading...