नेकपा संयुक्तबाट मेयरमा प्रेमकाजीको उम्मेदवारी

पोखरा, २८ चैत/नेपाल कम्युनिस्ट पार्टी संयुक्त प्रदेश नं. ४ का इन्चार्ज प्रेमकाजी गुरुङले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका छन् ।

पार्टीको हालै भएको केन्द्रीय समिति बैठकले मेयरसहित स्थानीय तह निर्वाचनमा पोखरा महानगरकाका उम्मेदवार तय गरेको हो । यसैगरी, पोखरा वडा नं ५ मा लालबहादुर सिके, वडा नं ९ मा गणेशप्रसाद तिमिल्सिना, वडा नं. १६ मा डम्बरबहादुर थापा (भूपेन्द्र), वडा नं. १७ मा विष्णुप्रसाद शर्मा र वडा नं. २३ मा चन्द्रबहादुर थापालाई वडा अध्यक्षमा उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ ।

नेकपा संयुक्तबाट उपमेयरमा पार्वती तिमिल्सिना, रुपा गाउँपालिका प्रमुखमा दीपकराज पौडेलले उम्मेदवारी दिने तय भएको पार्टीका कास्की सचिव डम्बरबहादुर थापा (भूपेन्द्र) ले जानकारी दिए ।

कमेन्टहरु
Loading...