नेकपा संयुक्तले स्थापना दिवस मनायो

पोखरा, ३१ भदौ/ नेकपा संयुक्त प्रदेश नं ४ र कास्कीले बिहीबार नेपाल कम्युनिष्ट पार्टीको ६८ औं स्थापना दिवस मनाएका छन्।
दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा संयुक्तका महासचिव ठाकुरप्रसाद शर्माले वाम र लोकतान्त्रिक शक्ति मिलेर समुन्नत र समृद्ध नेपाल निर्माण गर्नुपर्नेमा जोड दिए। उनले नेपालका राजनीतिक दलहरूमा मानवीयता र सैद्धान्तिक पक्ष कमजोर बनेको भन्दै यसले भविष्यमा संकट आउन सक्ने उल्लेख गरे।

संयुक्तले नेपालमा कम्युनिष्ट पार्टी स्थापना भइ पार्टीको घोषणापत्र सार्वजनिक भएको दिनलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ। कार्यक्रममा कास्की सचिवद्वय डम्बरबहादुर थापा(भूपेन्द्र) र भीम सुवेदी, विष्णुमाया सुवेदी, चित्रबहादुर गुरुङ, रामभरोष ठाकुर, खुसीमान गुरुङ, वियज गुरुङ, नन्दु पुनलगायतले बोलेका थिए।

नेकपा संयुक्त प्रदेश नं ४ का इन्चार्ज प्रेमकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामजुलुम शर्माले गरेका थिए। कार्यक्रममा विजय गुरुङ, लोकनाथ आचार्य र ताराबहादुर गुरुङलाई सम्मान गरिएको थियो। सो अवसरमा पार्टीको भातृ संगठन नेपाल किसान फेडेरेसन कास्की पनि गठन भएको छ। फेडेरेसनको अध्यक्षमा शालिग्राम पौडेल, उपाध्यक्षमा चन्द्रबहादुर थापा, कोषाध्यक्षमा सजना मल्ल, सहसचिवमा अनिष सुर्खेती छन्। यस्तै, सदस्यमा तीलकुमार आचार्य, डम्बरकुमारी सुवेदी, रेशम क्षेत्री, पार्वती तिमिल्सिना छन्।

कमेन्टहरु
Loading...