पोखरा नगर समितिको बैठकका पदाधिकारी चयनको विषयमा विवाद

पोखरा, २८ चैत /नेपाली काँग्रेस पोखरा नगर समितिको आइतबार बसेको पदाधिकारी चयनको बैठकमा विवाद भएको छ ।
नेपाली काँग्रेस पोखरा नगर सभापति बजिरमान श्रेष्ठले मनोमानी रुपमा विधान विपरित पदाधिकारी मनोनित गरेको भन्दै निर्वाचित नगर सदस्य भवसागर बराल र सुवर्ण के.सी.ले बैठकमा विरोध गरेका हुन् ।

नगर सभापति बजिरमान श्रेष्ठले नगर अधिवेशनको बेला आफूलाई सभापतिमा सहयोग गर्न र सभापति जितेपछि आफूलाई नगर उपाध्यक्ष बनाउने बचन दिएकाले आफ्नो सहयोगमा श्रेष्ठले चुनाव जितेपछि आफूलाई उपाध्यक्ष मनोनित नगरी बेइमानी गरेको र विधान विपरित क्षेत्रीय प्रतिनिधि भएका सुरेन्द्र विजुक्छेलाई उपाध्यक्ष र भर्खरै जागिरबाट रिटाएर भएका रामजी कोइरालालाई हाइफाईको आधारमा सचिव मनोनित गरेको, पार्टीप्रति वफादार र त्यसको आधारमा नभई गुटको आधारमा सहसचिव मनोनित गरिएको विरुद्धमा आफूहरुले बैठकमा आवाज उठाएको चिवर्नाचित पोखरा नगर सदस्य भवसागरले बताए ।

त्यस्तै अर्का नगर सदस्य सुवर्ण के.सी.ले आफूहरु जस्तोसुकै परिस्थिति आए पनि सधैं सत्यको पक्षमा बोल्ने बताए । उनले नगर सभापति श्रेष्ठलाई जातीय रुपमा नलाग्न समेत आग्रह गरे ।

कमेन्टहरु
Loading...