मुस्लिम इत्तेहाद कास्कीको अधिवेशन हुने

पोखरा, १० चैत/नेकपा एमाले निकटको नोपल मुस्लिम इत्तेहाद संगठन कास्कीको प्रथम अधिवेशन चैत १२ गते हुने भएको छ । मियापाटनमा हुने अधिवेशनबाट जिल्ला संगठन र महानगर संगठन निर्माण गरिने संगठनका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश संयोजक ताज मोहम्मद मियाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार अधिवेशनको अवसरमा कास्कीबाट मक्का मदिनामा हज कार्य सम्पन्न गरेका हाजी हजिनलाई सम्मान गर्ने कार्यक्रम छ । करिब ६५ जनालाई सम्मान गरिनेछ ।

अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव इश्वर पोखरेले गर्ने संगठनका कास्की संयोजक फातुमा खातुनले जानकारी दिइन् । अधिवेशनलाई सव्य र भव्य रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको उनले बताइन् ।

कमेन्टहरु
Loading...