माछापुच्छे गाउँपालिकामा माओवादी केन्द्र प्रचार प्रसारमा

पोखरा, २५ वैशाख/नेकपा माओवादी केन्द्रले माछापुच्छ«े गाउँपालिकामा चुनावी प्रचार अभियानलाई तिब्रता दिएको छ । चुनाव आउन एक साता भन्दा कम समय हुँदा उम्मेदवारहरुले घरदैलो तथा कोणसभालाई तिब्रता दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष प्रविना अधिकारी तथा उपाध्यक्ष टेकनाथ गौतम लगायतको टोलीले सोमवार ल्वाङघलेलका खोराकोमुख, लुम्ले, घलेल, कालिमाटि लगायतका ठाउँहरुमा प्रचार प्रसार तथा घरदैलो सम्पन्न गरेको छ । माओवादी केन्द्रको उपहार गाउँ नगरमा सिँहदरवार भन्ने नाराका साथ उम्मेदवारहरुले जनतासँग मत मागिरहेका छन् ।

माओवादीकै जोडवलमा स्थानीयतहको निर्वाचन हुन लागेको र जनयुद्धको मुख्य एजेण्डानै शासन व्यवस्थामा परिर्वतन गर्ने भएको हुँदा केन्द्रीकृत शासन व्यवस्थाको अन्त्य हुने बताए । माओवादी केन्द्रको नेतृत्वको वर्तमान सरकारले लोडसेडिङ हटाउने देखी लिएर जनपक्षिय काम गरेकोले जनतामा माओवादीप्रति पुन आशा र भरोषा वढेको गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार प्रविना अधिकारीले वताईन् ।

उम्मेदवारहरुले माछापुच्छ«े गाउँपालिकाका लाहाचोक, घाचोक, सार्दिखोला तथा धिताल लगायतका ठाउँहरुमा पनि घरदैलो सम्पन्न गरिसकेका छन् । माओवादीकै एजेण्डामा देश अघि वढेकोले माओवादीलाई भोट हाल्न जनता आतुर भएको भनाई उपाध्यक्ष पदका उम्मेदवार टेकनाथ गौतमको छ । माओवादी केन्द्रको तर्फवाट गाउँपालिकाका अन्य वडाका उम्मेदवारहरुले पनि प्रचारप्रसारलाई तिर्वता दिएका छन् ।

वडा नं ३ घाचोकका वडा अध्यक्ष पदका उम्मेदवार चित्रनाथ लम्साल, सदस्यहरु वेदनिधी दवाडी, सिता पोखरेल र मैना लम्साल लगायतको प्रचार प्रसार टोलीले वडाका खरिवोट, भलावोट, लम्सालथर, पाउदुर, क्षेत्रीथर लगायतका ठाउँहरुमा दिनहुँ जनतासँग भेटघाट तथा गुनासाहरु सुन्दै माओवादी केन्द्रलाई विजयी गराउन आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...