माओवादी केन्द्र माछापुच्छ«े गाउँपालिकाको अध्यक्षमा भण्डारी

पोखरा, ४ वैशाख/नेकपा माओवादी केन्द्र माछापुच्छ«े गाउँपालिकाको लाहाचोकमा सोमवार सम्पन्न पहिलो सम्मेलनले नवराज भण्डारीको अध्यक्षतामा ४५ सदस्सिय गाउँपालिका समिति निर्विरोध निर्वाचित गरेको छ ।

कमिटिको उपाध्यक्षमा प्रविणा अधिकारी, सचिवमा श्याम दाहाल, कोषाध्यक्षमा चन्द्रवहादुर वि.क तथा सहसचिवमा प्रेम पुन रहेका छन् । त्यस्तै राजु गौतमको अध्यक्षतामा ५१ सदस्सिय वाईसिएल गाउँपालिका कमिटि समेत निर्वाचित भएको छ । नवनिर्वाचित कमिटिलाई प्रमुअ अतिथि हितराज पाण्डे, जिल्ला ईन्चार्ज राजकाजी तमु(करण),सहईन्चार्ज रामजी वराल(जिवन) लगायतले वधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सो अवसरमा गाउँपालिका कार्यालयको समेत उद्घाटन गरिएको छ ।  अधिवेशनको उद्घाटन सत्रमा वोल्दै कार्यक्रमका पार्टी केन्द्रीय कार्यालयका सदस्य हितराज पाण्डे(उत्तम)ले घोषित निर्वाचत विधोल्न देशी विदेशी षडयन्त्र भईंरहेको भन्दै पार्टी अध्यक्ष प्रचण्डले चुनाव गराएर छाड्ने दावी गरे । जुनसुकै चुनौतीको पनि सामना गरेर मुलुकमा चुनाव तोकिएको मितिमै भई छाड्ने धारणा राख्दै नेता पाण्डेले माओवादीको जितको लागि जनताको घरदैलोमा पुग्न कार्यकर्तालाई आग्रह गरे ।

पुर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्री पाण्डेले स्थानीय तह कार्यान्वन हुन नदिन पनि षडयन्त्र भएको र आफुले त्यस्तो प्रवृत्तिसँग विजयी भएर स्थानीयतह कार्यान्वनमा आएको र माओवादीको एजेण्डा जित भएको धारणा पाण्डेको छ ।

कमेन्टहरु
Loading...