मतदाताप्रति मनबहादुरको आभार

पोखरा, २५ मंसिर / कास्की निर्वाचन क्षेत्र नं १ प्रदेश सभा (ख) मा निर्वाचित मनबहादुर गुरुङले मतदान गर्ने मतदाता लगायत सबैमा हार्दिक आभार व्यक्त गरेका छन् ।

आइतबार उनले जारी गरेको विज्ञप्तिमा आम मतदाता, वाम गठबन्धनका नेता, कार्यकर्ता र शुभेच्छुक सबैको सहयोगले आफू प्रदेश सदस्यमा निर्वाचित भएको उल्लेख गरे ।

नेकपा एमाले कास्कीका उपाध्यक्ष समेत रहेका उनले आम मतदाता र पार्टीका नेता, कार्यकताले आफूप्रति देखाउनु भएको माया, ममता र सद्भावको सधै सम्मान गर्ने बताए । ‘निर्वाचित गराएर प्रदेश सदस्यको जिम्मेवारी दिने सबैप्रति आभारी छु,’ गुरुङले विज्ञप्तिमा भनेका छन, ‘जनताको घरदैलोमा पुगेर गरेका प्रतिबद्धता पूरा गर्न लागिरहनेछु । ’

निर्वाचन गराउन खटिएका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सबैलाई उनले विज्ञप्ति मार्फत् धन्यवाद व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...