नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ४ को चुनावी अभियान तिव्र

कार्तिक १, पोखरा/मंसिर ४ गते हुन गईरहेको संविधान सभा निर्वानका लागी नेपाली कांग्रेस क्षेत्र नम्बरः ४ कास्कीले आफ्नो चुनावी प्रचार प्रसार अभियान तिब्र पारेको छ । प्रचार प्रसार अभियान अन्तर्गत क्षेत्र नम्बर ४ को भदौरे तामागी गाउँ विकास समितिमा शुक्रबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले मुलुकमा कानुनी शासन र स्थायी शान्तिका लागी अब जनताले कांग्रेसमा मतदान गर्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले नागरिक समानता र स्वतन्त्रका लागी पनि जनताले कांग्रेसलाई विजयी गराउन आवश्यक रहेको जिकिर गर्नुभयो । नेता शर्माले मुलुकलाई कम्युनिष्ट तन्त्रबाट मुक्ति दिलाउन सकेमात्र विकास र शान्तिले गति लिने भन्दै यसका लागी आउने निर्वानमा नेपाली कांग्रेसमा पक्षमा मतदान गर्न सबैलाई आग्रह समेत गनुभयो । यसैगरी भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस क्षेत्र नंः ४ कास्कीका उम्मेद्वारका प्रत्यासी महादेव गुरुङले एकिकृत नेकपा माओवादी विचार र सिद्धान्त शून्य पार्टी भएकाले अब जनता माओवादीको पछी नलागी देशमा जातिय, क्षेत्रिय, भाषिक र धार्मिक सहिषुणताका लागी नेपाली कांग्रेसमा मतदान गनुपर्नेमा जोड दिनुभयो ।

उम्मेदवार गुरुङले २०४६ सालमा पनि सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले ६ महिनामै मुलुको संविधान निर्माण गरेको स्मरण दिलाउँदै अब आउने संविधान सभा निर्वाचनमा पनि नेपाली कांग्रेसले बहुमत ल्याएमा निर्धारित समयमानै देशले संविधान पाउनेमा कसैले शंका गर्नू नपर्ने समेत बताउनुभयो । गरुङले क्षेत्र नम्बर ४ को विकासको गतिवधिका बारेमा बोल्दै नेपाली कांग्रेस त्यस क्षेत्रबाट विजयी भएमा स्थानीय बैदाम–पामे–घाटीछिना सडक खण्ड कालोपत्रे गरि त्यस क्षेत्रको कृषि र पर्यटन विकासका लागी आफूले जुनसुकै मुल्य समेत चुकाउन सक्ने बताउनुभयो ।

यस्तै भेलालाई सम्बोधन गर्दै पूर्व सहायक मन्त्री प्रकाश बहादुर गूरुङले जनताको अधिकार सम्पन्न संविधान निर्माणका लागी नेपाली कांग्रेसलाई मतदान अनिवार्य रहेको बताउनुभयो । साथै नेता गुरुङले पछिल्लो अवस्थामा देशमा फेरि पनि कांग्रेसप्रति जनलहर उर्लेको हुनाले नेपाली कांग्रेसको विजय शुनिश्चीत रहेको बताउनुभयो ।

कमेन्टहरु
Loading...