पार्टी फुटाउन करोडौंको खेल -ओली

काठमाडौं, १८ वैशाख /प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन अनुमोदन गराउने नाममा सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।

पार्टी संसदीय दलको बैठकमा आइतबार ओलीले भने, ‘अहिले हामी देखिरहेका छौं । पार्टी छाड्नुस्फु टाउनुस् तपाईंलाई बन मन्त्री, तपाईंलाई सहरी मन्त्री, तपाईंलाई विकासमन्त्री, तपाईंलाई उपप्रधानमन्त्री दिन्छु, आउनुस् भनिराख्या छन् ।”पार्टी छाडे पनि केही हुँदैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यति करोड दिन्छु भन्दै सरकार देश बनाउने, चुनाव गराउने संविधान कार्यान्वयन गराउने नभएर पार्टीहरू ध्वस्त पार्ने, भ्रष्टाचार गर्ने, अनैतिक काम गर्ने काम भइरहेको छ’, ओलीले भने । ओलीले प्रश्न गरे,’करोड करोड दिन्छु भन्छ सरकार, कहाँबाट ल्यायो त्यो पैसा  ‘पैसा दिएर अर्को पार्टी फुटाउँछु भन्ने सरकारले यो गर्न पाउँछ कि पाउँदैन ? भन्ने प्रश्न उहाँले गर्दै भन्नुभयो, ‘राज्यले यस्तो गर्न पाउने कि नपाउने रु त्यसैले यो सरकार भ्रष्ट र अनैतिक हो।’

कमेन्टहरु
Loading...