शुभेच्छुकले सोधे, कोइरालालाई अस्पताल किन नलगेको ?

काठमाडौं, २८ माघ/कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई अन्तिम श्रद्धान्जली दिन उपस्थित पार्टीका नेता तथा कार्यकर्ताले बुधबार पनि बारम्बार एउटै प्रश्न गरे, सुशील दा लाई किन अस्पताल लगिएन ? आज कान्तिपुर दैनिकमा समाचार छ । यसको जवाफ दिने त्यहाँ कोही थिएनन्। बारम्बार यस्ता प्रश्न आइरहेपनि पार्टीका नेताहरुले भने प्रतिक्रियाविहिन भएर शिर निहुराएका थिए।

पूर्वप्रधानमन्त्री र पार्टीका सभापति गम्भीर अवस्थामा बिरामी पर्दा राज्यलाई र आम पार्टीका कार्यकर्तालाई जानकारी हुनुपर्छ कि पर्दैन रुु एक केन्द्रीय सदस्यले भने, ुपरिवारका सदस्यहरुले कोइरालाको विमार लुकाएर राखे ।ु पार्टीका नेता तथा कार्यकताहरु महाधिवेशनका बेला नकरात्मक सन्देश जाने भयले अस्पताल नलगी कोइरालाई घरमै राखेको बताउँछन्।

कमेन्टहरु
Loading...