उम्मेदवार खेमराज पौडेल अर्मला जाँदा सडकमा अवरोध

पोखरा, ५ मंसिर/ नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल सहित कांग्रेसका नेताहरू घरदैलो अभियानमा जाँदा बाटो अवरुद्ध गरिएको छ ।

पोखरा–१६ बाट अर्मला जानेक्रममा अर्मलाकोटमा बाटो अवरुद्ध गरिएको कांग्रेस नेता ऋषि काफ्लेले जानकारी दिए ।

उनका अनुसार बाटो खनेर ढुंगा थोपरिएको छ । नजिकै डोजर छ तर चालक छैनन् ।

यो कांग्रेस उम्मेदवारसहित नेताहरू आउने भन्ने चाल पाएर सुनियोजित रुपमै बाटो अवरुद्ध गरिएको युवा नेता गोविन्द लामिछानेले बताए ।

गाडी गुडाउनै नमिल्ने गरी बाटो अवरुद्ध भएपछि उम्मेदवार पौडेल सहितका नेताहरू हिंडेरै अर्मला पुगेको बताइन्छ ।

कमेन्टहरु
Loading...