Ganthan News Pokhara
All news from Pokhara & around

डा. केसीलाई प्रयोग गरेर अराजकता मच्चाउन खोजियोः प्रचण्ड

0

काठमाडौं, ८ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले डा. गोविन्द केसीलाई प्रयोग गरेर अराजकता मच्चाउन खोजिएको बताएका छन् ।पार्टीसम्बद्ध पत्रकारहरुसँग मंगलबार भएको छलफलमा प्रचण्डले कम्युनिस्ट पार्टीको सरकार र पार्टी एकताविरुद्ध वितण्डा मच्चाउन खोजिएको बताए ।पार्टी एकता गरेर राम्रोसँग खुट्टा टेक्न नपाउदै लडाउने षड्यन्त्र अनुरुप वितण्डा मच्चाउन खोजिएको उनले बताए ।

‘नेपालभित्र कम्युनिस्टले चुनाव जितेको, दुई तिहार्इको सरकार बनाएको, हामीले शक्तिशाली कम्युनिस्ट पार्टी एकीकरण गरेको उनीहरूलाई पटक्कै मन परेको छैन,’ प्रचण्डले भने, ‘त्यसैले हाम्राबिरुद्ध कथा बनाएर दिग्भ्रमित पार्ने, बदनाम गर्ने षड्यन्त्र अनुसार संगठित ढंगले मिडिया प्रयोग गरेका छन् ।’नियोजित रुपमा सरकार, कम्युनिस्ट पार्टी, मूल नेतृत्वविरुद्ध वितण्डसहित मिडियाबाट लडाइँ शुरु भएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकार र पार्टीको रक्षाका लागि कसैसँग सम्झौता नगरिने प्रष्ट पारे ।

तलसम्म पार्टी एकीकरण गर्दै सरकार र पार्टीको रक्षाका लागि जनतालाई परिचालन गरिने उनले बताए । ‘हामीलाई उनीहरुले भोट दिएर जितेको होइन, उनीहरूले चाहेर पार्टी एकता गरेका होइनौं,’ उनले भने, ‘विरोधीहरु विभिन्न आवरणमा आउँदैछन, हामी एकतावद्व भएर प्रतिवाद गरौं ।’

Advertisements
अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...