कास्की काँग्रेसमा पदाधिकारी मनोनयन

पोखरा, २ असोज / नेपाली काँग्रेस कास्कीमा रिक्त पदाधिकारी मङ्गलबार मनोनयन गरिएको छ । कास्की

काँग्रेसको उपसभापतिमा आईबहादुर गुरुङ, सचिवमा देवेन्द्र रानाभाट र सहसचिवमा रङ्गिला आचार्यलाई

मनोनय गरिएको हो ।

कास्की काँग्रेसको मङ्गलबारको बैठकमा पदाधिकारी मनोनयनका लागि सभापति कृष्ण केसीले गरेको प्रस्ताव

बैठकले पारित गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

बैठकले कास्कीका साविकका तीन वटा निर्वाचन क्षेत्रमा महासमिति सदस्य चयनका लागि निर्वाचनको मिति

तोकेको छ । कास्की क्षेत्र नं १, २ र ३ मा असोज २० गते निर्वाचन गर्ने र प्राविधिक जिम्मेबारी डेमोक्रेटिक लयर्स

एशोसियशनलाई दिने निर्णय गरेको छ ।

त्यस्तै, केन्द्रीय कार्य समितिको निर्देशन अनुसार, पार्टीको विद्यान शंसोधन मस्यौदामा राय, सुझाव संकलनका

लागि पोखरामा असोज ९ र १० गते प्रदेशस्तरीय भेला गर्ने र सो भेलामा कास्कीको तर्फबाट राय, सुझाव पेश गर्ने

निर्णय गरेको छ । बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...