कास्की काँग्रेसको शुभकामना तथा चियापान

पोखरा, २६ असोज / नेपाली काँग्रेस कास्कीले विजयादशमी, दिपावली, छठ र इदको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

पोखरा चिप्लेढुङ्गास्थित कास्की काँग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, व्यवसायी, सञ्चारकर्मीको सहभागिता रहेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

कार्यक्रममा काँग्रेस पूर्व महामन्त्री तारानाथ रानाभाटले मुलुक बनाउने अभियानमा सबै जुट्नुपर्ने औल्याए । ‘निर्वाचनका बेला प्रतिस्पर्धा हुन्छ, छुट्टाछुट्टै घोषणापत्र हुन्छ, उनले भने, देश बनाउन भने सबैको एकता आवश्यक पर्छ।’

नेता रानाभाटले सरकारमा रहेकाले सरकार बाहिरका शक्तिलाई सँगै लिएर हिड्न सक्नुपर्नेमा जोड दिए । कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव देवेन्द्र रानाभाटले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...