कास्की क्षेत्र नम्बर २ को भरत पोखरीमा काँग्रेसको जागरण अभियान

पोखरा, २६ भदौ/ नेपाली काँग्रेसले शुरु गरेको दोश्रो जागरण अभियान अन्तगत आज कास्की क्षेत्र नम्बर २ को भरतपोखरी स्थित कालिका स्थानमा कार्यकर्ताबीच अन्तक्र्रिया भएको छ ।

कार्यक्रममा आगामी कास्की २ मा हुने उपनिर्वाचनमा पार्टीलाई जिताउन जागरण अभियानले भूमिका खेल्ने वक्ताले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य वृन्दादेवी रानाले सरकार भ्रष्टाचारमा लिप्त भएर जनतालाई दुःख दिएको आरोप लगाइन् ।उनले सरकारले एनसेल प्रकरण र वाईडबडी काण्डमा ठूलो भ्रष्टाचार गर्ने तर दोष अर्कालाई लगाएको आरोप लगाइन् ।

उनले यदि बाइडबडीमा पार्टी सभापति देउवा दोषी भए पनि कारबाही गरेर देखाउन ओली सरकारलाई चुनौती दिइन् । काँग्रेस महासमिति सदस्य एवं सो क्षेत्रका पूर्व प्रत्यासी देवराज चालिसेले सरकार जनतालाई मिठा सपना बाँडे पनि सपना अनुसार काम गर्न नसकेको टिप्पणी गरे । उनले सरकारले कर वृद्धि गरेर व्यापारी देखि किसानसम्म ढाड सेक्ने काम गरेको बताए ।

क्षेत्रीय सभापति माधव बास्तोला मधु ले जागरण अभियानले पार्टी एकढिक्का भएको सन्देश जाने बताए ।वडा नम्मर ३३का वडा सभापती रामचन्द« पौडेलको सभापति भएको कार्यक्रमा कार्यक्रममा महासमिति सदस्य केशव निर्दोषी, प्रदेश सभापति विजय आचार्य,राजेन्द« मणी लामीछाने पाटी प्रतिनिधी,भोजराज आर्चाय ,जमुना थापा,कर्णकुमारी महत लगायतले जागरण अभियानलाई घरघर र टोल टोलमा पु¥याउनुपर्ने बताए । कार्यक्रममा भरतपोखरी क्षेत्रका काँग्रेस कार्यकर्ता एवं शुभचिन्तकको सहभागिता थियो ।

कमेन्टहरु
Loading...