शैक्षिक माफियाको विरुद्ध उमेद्वारी -कल्याणबाबु भण्डारी

पो्खरा, २७ साउन/कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा प्रदेश नम्बर ४ को केन्द्रिय उपाध्यक्षमा कल्याणबाबु भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् ।

कल्याणबाबु भण्डारी
कल्याणबाबु भण्डारी

उनले शैक्षिक क्षेत्रको सुधार र शैक्षिक माफियाहरुको विरुद्ध आफूले उम्मेदवारी दिएको बताए । २०५३ सालमा अम्मरज्योति गाउफर्क मावि कास्कीको नेविसंघ सभापति हुँदै राजनैतिक यात्रा सुरु गरेका भण्डारी नगर क्षेत्र नं १ कास्कीको सभापति, कास्की नेविसंघ जिल्ला सदस्य पदाधिकारी समेत भइसकेका छन् ।

संघर्षका अनेकौ उकाली ओराली पार गर्दै खरो र स्पष्ट बोल्ने नेता भण्डारी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा प्रदेश नम्बर ४ को केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

उनले करिब १० पछि हुन लागेको महाधिवेशनमा उनले शैक्षिक क्षेत्रको सुधारको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । भण्डारीले आफ्नो घोषणापत्र समेत सार्वजनिक गरेका छन् । पारिवारिक पृष्ठभूमिबाट नै राजनीतिकमा सक्रिय भूमिका निर्वाह गर्दै आएका भण्डारी राजनीतिका कुशलता इमानदार र संगठनलाई माया गर्ने नेताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।
उनले आफूलाई सबैको साथ र समर्थन भएकाले दुई तिहाई बहुमत ल्याएर विजयी हुने दावी गरे ।

कमेन्टहरु
Loading...