जनताको आँगनमा उम्मेदवार थापा

पोखरा, १ मसिर/कास्की क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापाको पोखरा–१७ घर दैलो कार्यक्रम सकिएको छ । उम्मेदवार थापाले जनताको आवश्यक माग सम्बोधन गर्ने बताए । ‘हामीलाई जनतालेनै जिताउने हो,’ उनले भने, ‘त्यसपछि जनताकै लागि काम गर्ने हो ।’

शुक्रबार पोखरा–१७ बिरौटा चोकबाट सुरु भएको घरदैलो कार्यक्रम शिशुनिकेतन मार्ग, विद्यानिकेतन मार्ग, राममन्दिर क्षेत्र, केसी हाउजिङ, हनुमान टोल आँखा अस्पताल, छोरेपाटन क्षेत्रमा घरदैलो गरेको क्षेत्र नं २ प्रदेश १ का समन्वय कमिटिका संयोजक युवराज पौडेलले जानकारी दिए ।

शनिबार पोखरा–२१ मा घरदैलो कार्यक्रम सुरु गरिने पौडेलले बताए । कृष्तीबाट सुरु शनिबार विहान ७ बजेदेखी घर दैलो सुरु गरिने र त्यस वडामा ३ दिनको कार्यक्रम रहेको उनले बताए ।

घर दैलो कार्यक्रममा क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारी, सोही क्षेत्रका समानुपातिकतर्फका उम्मेदवारहरु सिर्जना शर्मा, भीमबहादुर कार्की र अशोक बुढा छन्त्याल पनि थिए ।

कमेन्टहरु
Loading...