गणेश रोकाय नेविसंघको केन्द्रीय आमन्त्रित सदस्यमा मनोनित

पोखरा, २८ फागुन/नेपाल विद्यार्थी संघको केन्द्रीय आमन्त्रित सदस्यमा पृथ्वीनारायण क्याम्पसमा अध्ययतरत विद्यार्थी गणेश रोकाया मनोनित भएका छन् ।

पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी राजनीतिमा संलग्न भई अनेरास्ववियूको प्रारम्भिक कमिटी अध्यक्ष समेत भएका रोकाय दोस्रो संविधानसभा चुनाव अघि नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा प्रवेश गरेका थिए ।

उनको संगठनमा गरिएको त्याग र बलिदानको उच्च मूल्यांकन गरी केन्द्रीय आमन्त्रित सदस्यमा मनोनित गरिएको हो । उनी स्थायी घर बाजुरा भई हाल पोखरा पृथ्वीनारायण क्याम्पस स्नातकोत्तर तहमा अध्ययतरत छन् ।

कमेन्टहरु
Loading...