राष्ट्रपति श्री ६, प्रधानमन्त्री श्री ५ –कांग्रेस नेता गगन थापा ! (भिडियो सहित)

पोखरा, ६ मंसिर / नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी ओली सरकारले कानुन सम्सोधन गरेर निरंकुश बन्ने गरि अघि बढेको बताएका छन् ।

पोखरामा शुक्रबार कास्की २ को उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सरकारले वाक स्वतन्त्रता हरण गर्ने गरि कानुन संसदबाट पास गर्न लागेको बताएका हुन् । पोखरामा उपनिर्वाचनको प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।

राष्ट्रपति, प्रधानमन्त्रीका बारेमा सामाजिक सञ्जालमा लेखेकै भरमा प्रहरीले समाउने र जेल हाल्ने सम्मको कानुन सरकारले ल्याउन लागेको उनले आरोप लगाए । फरक मत राख्ननै नपाउँने गरि कानुन सरकारले ल्याउन लागेकोले मतदातालाई सचेत रहन उनले अनुरोध गरे । सम्माननीय राष्ट्रपति प्रति हाम्रो सम्मान छ ।

सरकारले देशमा जो मान्छेले श्री ६ विद्याभण्डारीकी जय, श्री ५ केपी ओलीकी जय , श्री ३ प्रचण्डकी जय भन्ने छन उनिहरु मात्र जेल जान पर्ने छैन । सरकारले गरेको खराव कार्यका जस्ले बिरोध गर्ने छ उ जेल जानु पर्ने गरि सरकारले कानुन बनाउन लागेको उनले आरोप लागए । जसजसले फरक मत राख्ने छन उनिहरु जेल जानु पर्ने गरि कानुन ल्याउन लागेको भन्दै नेता थापाले सरकारे निरंकुश बन्दै गएको बताए ।

कमेन्टहरु
Loading...