एमाले मजदुर इलाका कमिटी कास्कीको पहिलो बैठक

पोखरा, २१ फागुन /नेकपा एमाले मजदुर इलाका कमिटी कास्कीको पहिलो पुर्ण बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न पहिलो पुर्ण बैठकले सचिवालय गठन, सदस्य मनोनित, सल्लाहकार समिती गठन लगायत केही महत्वपुर्ण निर्णयहरु गरेको छ । सचिवालयमा अध्यक्ष कर्णशिंह गुरुङ उपाध्यक्ष तुलसी प्रसाद सुबेदी, सचिब शिबलाल उपाध्याय, उपसचिब पबि गुरुङ, सदस्यहरु कृष्ण आचार्य, रामचन्द्र सुबेदी र मिलन तिमिल्सिना चयन भएका छन् ।

यसैगरी कृष्ण बराल, हरिराम धिताल र धनुमाया दहाललाई सल्लाहकारमा चयन गरिएको छ ।कमिटीको पहिलो पुर्ण बैठकले मधु तिमिल्सिना, राजकुमार राई, धिरज गुरुङ र तिलक बिकलाई कार्यसमिती सदस्यमा मनोनित गरेको नेकपा एमाले मजदुर इलाका कमिटी कास्कीका सचिवालय सदस्य कृष्ण आचार्यले जानकारी दिए ।बैठकले पृथ्वीनारायण क्याम्पसमा यही फागुन २५ गते सम्पन्न हुन लागेको स्वबियु निर्वाचनमा अनेरास्वबियुकी सरिता पुरीको प्यानललाई बिजय गराउन प्रचार प्रसारमा लाग्ने र एमालेले सुरु गरेको मेची महाकाली अभियान सफल बनाउन भुमिका खेल्ने निर्णय पनि गरेको छ ।

नेकपा एमाले मजदुर इलाका कमिटी कास्कीका अध्यक्ष कर्णशिंह गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले कास्कीका सचिवालय सदस्यहरु युवराज पौडेल, लक्ष्मी अधिकारी, बिजया सुबेदी, एमाले कास्कीका सदस्य बलराम पौडेल, एमाले कास्कीका क्षेत्रिय कमिटी सदस्यहरु भरत मल्ल, नन्दलाल अधिकारी र सुर्यमोहन सुबेदी लगायतले पाटीका योजना र कार्यक्रमका बारेमा जानकारी गराएका थिए । बैठकको संञ्चालन नेकपा एमाले मजदुर इलाका कमिटी कास्कीका सचिब शिबलाल उपाध्यायले गरेका थिए ।

कमेन्टहरु
Loading...