चुनावी चर्चा कतै मोटरसाईकल ¥याली, कतै सभा र घरदैलो

पोखरा, ४ कात्तिक कास्कीको निर्वाचन क्षेत्र न.१ मा एकीकृत माओवादीले चुनाव प्रचार प्रसारको लागि आज बृहत मोटरसाईकल ¥याली सम्पन्न गरेको छ । लेखनाथको डाँडाको नाकस्थित निर्वाचन क्षेत्रीय कार्यालयबाट सुरु भएको ¥याली लेखनाथको विभिन्न स्थान परिक्रमा गरी लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा पुगेर सभामा परिणत भएको छ ।

सयौंको संख्या मोटरसाईकल रहेको ¥याली अर्घौचोक, रिठ्ठेपानी, बुढिबजार, विजयपुर, खराने, डाडाँकोनाक, गगनगौंडा, जनताको चौतारा, सातमुहाने, खुँदी, वेगनासताल, शिसुवा हुँदै भण्डारीढिक पुगेको थियो । लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा हुने सभालाई उम्मेदवार विष्णु पौडेल माओवादी नेताहरु लालमोहन तिवारी, दीपक कोइराला लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यता, क्षेत्र न.२ मा एमाओवादीका उम्मेदवार बखानसिंह तमु (आभाष) ले पोखरा–१० का अमरसिंह, बुद्धचोक, रक्षामार्गमा घरदैलो गरिरहनुभएको छ । क्षेत्र न.३ को कृस्ती नाच्ने चौर गविसको वडा न.२ स्थित हर्राचौरमा आज कोणसभा सभा सम्पन्न भएको छ । कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार रामजी बराल (जीवन) ले जनताको आधारभूत समस्या समाधान गर्न १०औं वर्ष लडेर आएको पार्टी नै नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताउनुभयो ।

उम्मेदवार बरालले जनसंविधान निर्माणको लागि एकीकृत माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हसियाँ हथौंडामा भोट हाल्न आग्रह गर्नुभयो । कार्यक्रममा युवा नेता किरण थापा (अमोद), गाँउ पार्टी अध्यक्ष लिलाधर सुवेदीले पनि बोल्नुभएको थियो । उता, क्षेत्र न.४ मा एकीकृत माओवादीका उम्मेदवार गुप्तबहादुर हमाल सन्देशले सार्दीखोला गाविसका विभिन्न गाँउमा घरदैलो गरिरहनुभएको छ । उम्मेदवार सन्देशले सार्दीखोलाको खादर्जुङ, खैम¥याङ, घलेखर्क, च्याङ्लुङ, चौरा लगायतका गाउँमा घरदैलो गरिरहनुभएको हो ।

कमेन्टहरु
Loading...