प्रजातन्त्र र राष्ट्रियताका लागि कांगे्रसलाई भोट ः कांग्रेस नेताहरु

असोज २१ गते /नेपाली कांग्रेसका नेताहरुले मुलुकमा प्रजातन्त्र र राष्ट्रियता संरक्षणका लागि नेपाली कांग्रेसलाई भोट दिन आग्रह गरेका छन् । कास्की क्षेत्र नं ४ को सल्यान गाँउ विकास समितिले आयोजना गरेको चुनावी भेलालाई सोमवार सल्यानमा सम्वोधन गर्दै, कांग्रेस नेताहरुले प्रजातान्त्रिक संविधान निर्माण गर्न संविधानसभामा कांग्रेस उम्मेदवारको जीत आवश्यक रहेको धारणा राखेका हुन् । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले, देशमा सामाजिक सद्भाव र एकता कायम राख्नको लागि प्रजातान्त्रिक संविधान आवश्यक रहेको वताउनुभयो । विकास निर्माणका कुरा हिजो पनि कांग्रेसको सरकारले गरेको र अवपनि कांग्रेसको सरकारले मात्रै गर्न सक्ने नेता शर्माको ठोकुवा छ । नेपाली कांग्रेस कास्की क्षेत्र नं ४ का उम्मेद्वार यूवा नेता महादेव गुरुङ्गले संकटमा रहेको प्रजातन्त्र र राष्ट्रियता जोगाउन संविधानसभाको चुनावमा कांग्रेसलाई भोट दिनुपर्ने वताउनुभयो । नेता गुरुङ्गले भन्नुभयो–राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र रहे मात्रै देशमा सवै जातजाती, भाषाभाषी, वर्गका नागरिकको उत्थान हुन्छ । सवै नागरिकले चाहेको हक र अधिकार कांग्रेसले परिकल्पना गरेको प्रजातान्त्रिक संविधानमा मात्रै सुरक्षित हुने हुँदा कांग्रेसलाई मतदान गर्न नेता गुरुङ्गले आग्रह गर्नुभयो । जातियता र क्षेत्रीयतामा रुमलिँदा देश शान्ति र समृद्धिको मार्ग हिड्न नसकेको तर्फ संकेत गर्दै यूवा नेता गुरुङ्गले मुलुक जोगाउन कांग्रेसको पक्षमा मतदान गर्न अपिल गर्नुभयो ।

गाँउ ईकाई सभापति झनकवहादुर केसीको सभापत्तिवमा भएको भेलामा क्षेत्रीय सभापति आईवहादुर गुरुङ्ग, महाअधिवेशन प्रतिनिधि पोषनाथ शर्मा, पूर्व आईजिपी हेमवहादुर गुरुङ्ग, महिला नेतृ हरिमाया गुरुङ्ग, क्षेत्रीय सदस्य मानवहादुर केसी, नेवि संघ क्षेत्रीय सभापति वलराम त्रिपाठी, विद्यार्थी नेताहरु गोपाल गुरुङ्ग, राजाराम पौडेल, दिनेश आचार्य, खड्गवहादुर क्षेत्री, क्या.चित्रवहादुर गुरुङ्ग, मनकाजी गुरुङ्ग, देवीराज पौडेल, पशुपति केसी लगायतले संविधानसभाको चुनावमा कांग्रेसलाई भोट दिन आग्रह गरेका थिए । नेपाली कांग्रेस सल्यानले नेपाली कांग्रेसका अग्रज नेताहरु गोरी विक, देवीराम विक, सु.मिनवहादुर गुरुङ्ग, मरणोपरान्त दलवहादुर विक र गोमान विकलाई सम्मान गरेको छ । उनीहरुलाई नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा र क्षेत्रनं ४ का उम्मेदवार यूवा नेता महादेव गुरुङ्गले सम्मान गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...