काँग्रेसले राहत बाड्ने

पोखरा, ३१ साउन/ नेपाली काँग्रेसले बाढि पहिरो प्रभावितलाई राहत वितरण गर्ने भएको छ। पार्टीले देशभरबाट राहत संकलन गरी बाढि पहिरो प्रभावितलाई वितरण गर्ने भएको हो।

राजधानीमा मङ्गलबार भएको पार्टीका जिल्ला सभापतिहरुको बैठकले त्यस्तो निर्णय गरेको कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए। बैठकले जिल्ला सभापतिहरुको राष्ट्रिय भेला गर्ने पनि निर्णय गरेको छ।

यद्यपी भेलाको मिति भने केन्द्रीय नेतृत्वसँग छलफल गरी पछि तोकिने बताइएको छ। बैठकले आमरण अनसन बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न तथा उनको स्वास्थ्यप्रति गम्भिर बन्न र जीवन रक्षाका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

कमेन्टहरु
Loading...