कांग्रेस कास्कीको चुनावी प्रचार अभियान कास्कीकोटवाट सुरु

असोज १९, पोखरा /नेपाली कांग्रेस कास्कीले संविधानसभा २०७० को चुनावी प्रचार अभियान क्षेत्र नं ४ को कास्कीकोट गाविसवाट शनिवारदेखि सुरु गरेको छ । कास्कीकोट गाविसमा भएको चुनावी आमसभालाई नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा र क्षेत्र नं ४ का प्रत्यासी उम्मेद्वार लोकप्रिय नेता महादेव गुरुङ्गले संयुक्त दिप प्रज्वलन गरी चुनावी प्रचार अभियानको सुरुवात गरेको नेपाली कांग्रेस कास्कीका सचिव युवराज कुँवरले जानकारी दिनुभयो । नेपाल तरुण दल कास्कीकोटले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै नेता शर्माले लोकतान्त्रिक संविधान निर्माणका लागि नेपाली कांग्रेसको जीत अनिवार्य रहेको वताउनुभयो । वन्दुक वोक्ने माओवादीले कलम वोक्न नजानेका कारण गएको संविधानसभाले संविधान वनाउन नसकेको नेता शर्माको भनाई छ । नेता शर्माले भन्नुभयो,–लोकतन्त्र, स्थायी शान्ति र समृद्धिको लागि मुलुकमा कांग्रेसको नेतृत्व अपरिहार्य छ ।

नेपाली कांग्रेस क्षेत्र नं ४ का उम्मेद्वार यूवा नेता महादेव गुरुङ्गले कम्युनिष्ट विखण्डनवादी सोँचका कारण गएको संविधानसभाले संविधान नवनाएको कारण यसपाली जनताले कांग्रेसलाई जिताउनुपर्ने वताउनुभयो । माओवादीहरु सैद्धान्तिक विचलित भएको तर्फ संकेत गर्दै, उम्मेद्वार गुरुङ्गले भन्नुभयो–कांग्रेसको विचार, दृष्ट्रिकोण अहिले पनि मुलुकका लागि एक मात्रै विकल्प हो । अहिले देशको पहिलो आवश्यकता नयाँ लोकतान्त्रिक संविधान हो, त्यसैले देशमा स्थायि शान्ति र विकासका लागि कांग्रेसको सिद्धान्त र नेतृत्व हुन पनि नागरिकले संविधानसभामा कांग्रेसका उम्मेद्वारलाई अत्यधिक वहुमतले विजय गराउनुपर्ने वताउनुभयो ।

उहाँले स्थानिय क्षेत्रको विकासका लागि आफु पहिले पनि लागेको र अवपनि नयाँ ढंगले यस क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकतामा नै पर्ने प्रतिवद्धता जनाउनुभयो । गुरुङ्गले सभालाई सम्वोधन गरेपछि, दुई दर्जन राप्रपा, एमाले ताथ माओवादी कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेसमा प्रवेश गरेका स्थानिय गमवहादुर देवकोटा, चन्द्रवहादुर थापा, प्रकाश दाहाल, कृष्णप्रसाद दाहाल, उमनाथ चुवाई लगायतलाई प्रमुख अतिथि शुक्रराज शर्मा र उम्मेद्वार महादेव गुरुङ्गले फुल माला र अविर लगाएर नेपाली कांग्रेसमा स्वागत गरेका थिए ।

चुनावी सभामा नेपाली कांग्रेस कास्कीका सचिव युवराज कुँवर, क्षेत्रीय सभापति आईवहादुर गुरुङ्ग, महाअधिवेशन प्रतिनिधि पोषनाथ शर्मा, प्रा.डा यमनाथ तिमिल्सिना, नेपाली कांग्रेस केन्द्रिय प्रचारविभाग सदस्य राजवहादुर गुरुङ्ग, जिल्ला सदस्य देवेन्द्र शेरचन, ईलाका ९ का संयोजक भरतवहादुर अधिकारी, प्राध्यापक वेदहरी तिमिल्सीना, नेपाल टे«ड युनियन कास्कीका सदस्य डिल्लीराम भट्टराई, नेपाल शिक्षक संघ केन्द्रिंय प्रतिनिधि शिव तिमिल्सिना, नेपाल तरुण दल कास्कीकोटका अध्यक्ष विनोद खड्का, विद्यार्थी नेता चुडामणि सुवेदी, खिमनाथ तिमिल्सिना, शशीधर गौतम, देवीप्रसाद गौतम, नरवहादुर सुनार, पूर्णवहादुर केसी, शान्ति तिमिल्सीना, गंगावहादुर वस्नेत लगायतले संविधानसभा २०७० मा नेपाली कांग्रेसलाई अत्यधिक वहुमतले जिताउन आग्रह गरेका छन् । यसैवीच कास्कीको लुम्लेमा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेमा रहेको कृषि कर्मचारी संघले दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कमेन्टहरु
Loading...