प्रजातान्त्रिक संविधान निर्माण गर्न कांगे्रसलाई कांग्रेस नेताहरुको जोड

असोज २२ गते नेपाली कांग्रेस कास्कीका नेताहरुले प्रजातान्त्रिक संविधान निर्माणका लागि नेपाली कांग्रेसलाई मतदान दिन आग्रह गरेका छन् । कास्की क्षेत्र नं ४ को धिताल गाविसले दशैंको अवसरमा गरेको शुभकामना कार्यक्रममा वोल्दै, नेताहरुले प्रजातान्त्रिक संविधानले मात्रै देशमा स्थायी शान्ति र समृद्धि आउने दावी गरेका छन् । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले, सवै दल समेटेर कांग्रेसको अगुवाईमा वन्ने संविधानले मात्रै सवै नागरिकको अधिकार सुरक्षित हुने वताउनुभयो । गिरिजाप्रसाद कोईरालाले टुङ्गाएको शान्ति प्रक्रिया प्रचण्डले भाँड्न खोजेको नेता शर्माको भनाई छ । 

नेपाली कांग्रेस कास्की क्षेत्र नं ४ का उम्मेद्वार यूवा नेता महादेव गुरुङ्गले कांग्रेसको नेतत्वले मात्रै मुलुकमा नयाँ संविधान वन्ने वताउनुभयो । २०४६ सालमा कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्व कालमा कांग्रेसको अगुवाईमा देशले ६ महिनामा संविधान जारी गरेको संस्मण गर्दै नेता गुरुङ्गले, अव पनि समयमा देशमा संविधान वनाउन कांग्रेसलाई संविधानसभामा जिताउनुपर्ने वताउनुभयो । यूवा नेता गुरुङ्गले संकटमा रहेको प्रजातन्त्र र राष्ट्रियता जोगाउन संविधानसभाको चुनावमा कांग्रेसलाई भोट दिनुको विकल्प नरहेको वताउनुभयो ।

नेता गुरुङ्गले भन्नुभयो–राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र रहे मात्रै देशमा सवै जातजाती, भाषाभाषी, वर्गका नागरिकको उत्थान हुन्छ । आफु जिल्ला विकास समितिको सभापति हुँदा थालेका विकास निर्माणका योजना अहिलेसम्म पनि अलपत्र परेको तर्फ गुनासो गर्दै, नेता गुरुङ्गले भन्नुभयो–अधुरा रहेका विकासका योजनाहरु अव आफैले पूरा गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । उम्मेद्वार गुरुङ्गले धिताललाई पर्यटकिय गाँउ घोषणा गरी विकास गर्ने वताउनुभयो । विकास निर्माणको थालनी हिजो पनि कांग्रेसको सरकारले गरेको र अवपनि कांग्रेसको सरकारले मात्रै गर्न सक्ने नेता गुरुङ्गको दावी छ ।

गाँउ ईकाई सभापति चित्रसिँह गुरुङ्गको सभापत्तिवमा भएको भेलामा क्षेत्रीय सभापति आईवहादुर गुरुङ्ग, महासमिति सदस्य राचन्द्र त्रिपाठी, महाअधिवेशन प्रतिनिधि पोषनाथ शर्मा र रामप्रसाद अधिकारी, नेपाली कांग्रेस कास्कीका सहसचिव मुकुन्द वाँस्तोला ज्वाला, कांग्रेस जिल्ला सदस्य देवेन्द्र शेरचन, किसान संघका सभापति भेषराज पराजुली, पूर्व आईजिपी तथा कांग्रेस नेता हेमवहादुर गुरुङ्ग, क्षेत्रीय उपसभापति मोतिप्रसाद ढुङ्गाना, सचिव खिमलाल वाँस्तोला र प्रकाश वराल, सदस्य हरिमाया गुरुङ्ग, कांग्रेस नेताहरु भरत अधिकारी, कमल वहादुर गुरुङ्ग, दिपकराज पौडेल, नेवि संघ क्षेत्रीय सभापति वलराम त्रिपाठी, विद्यार्थी नेताहरु राजाराम पौडेल, दिनेश आचार्य, सविन दाहाल, सुशिला पौडेल, त्रिभूज पौडेल, रामचन्द्र दवाडी तथा एमाओवादीका अध्यक्ष राजेन्द्र गौचन र एमालेका सचिव देवीपैसाद धिताल लगायतले वोल्नुभएको थियो ।

कमेन्टहरु
Loading...