माओवादी सरकारबाट बाहिरिए पछि नयाँ सरकारको छलफल ः सिटौला

पोखरा, १९ असार/नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा माओवादी केन्द्र सरकारबाट बहिरिए पछि मात्रै नयाँ सरकारका बारेमा छलफल हुने बताएका छन् । प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिटौलाले सरकार परिवर्तनका लागि नेकपा माओवादी केन्द्रले निर्णय गरेलगत्तै कांग्रेसले निर्णय गर्ने बताए ।

माओवादी सरकारबाट बाहिरिए पछि नयाँ सरकारको छलफल ः सिटौला
माओवादी सरकारबाट बाहिरिए पछि नयाँ सरकारको छलफल ः सिटौला

उनले कांग्रेसले माओवादीको निर्णय कुरेर बसेको बताए । यद्यपी उनले बहुमतीय भन्दा सहमतीय सरकार नै अहिलेको आवश्यकता रहेको भने जिकिर गरे । दलहरुबीच विश्वासको दुरी बढेको बताउँदै उनले भने,—‘३ वटा निर्वाचन सम्पन्न गर्न, भुकम्प पुर्ननिर्माण गर्न र साझा आर्थिक नीति बनाउन पनि सहमतीय सरकार आवश्यक छ ।’ प्रधानमन्त्रीको बन्ने र सरकार कसको नेतृत्वमा बनाउने भन्ने विषयमा चर्चा गर्नुअघी राष्ट्रिय एजेण्डामा प्रमुख दलहरुबीच सहमति हुनुपर्नेमा उनको जोड थियो ।

नेता सिटौलाले स्थानिय निकायको चुनाव मंसिरमा हुने नसक्ने बताउदै माघ÷फागुनमा मात्र सम्भव रहेको बताए । चुनावी कानून नै नबनेको अवस्थामा चुनावको कार्यविधी नबन्ने भएकाले मंसिरमा चुनाव असम्भव भएको बताए । उनले भुकम्प पुर्ननिर्माण, आर्थिक समृद्धि र मुलुकको विकास सबैमा असफल बनेर जनतामाझ रमिता बनेको टिप्पणी गरे ।

कमेन्टहरु
Loading...