नेपाली काग्रेस क्षेत्र नम्बर ३ को घरदैलो तथा कोणसभा

पोखरा, २५ कात्तिक/संविधान सभाको चुनाव आउन एक साता मात्र बाँकी रहदाँ नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ ले घरदैलो तथा कोणसभामा व्यस्त छ । उम्मेदवार सोभियतबहादुर अधिकारी सहितको प्रचारप्रसार टोलिले वडानम्बर पोखराको वडानम्बर ५ र ६ मा कोणसभा तथा घरदैलो गरेको हो । पोखराको बैदम, जरेवर, अम्बोट, जिरोकिलोमिटर, शान्तीनगर, बगैँचा, कुलाको डिल हुदै मालेपाटनमा आएर टुंगीएको थियो । 

भोट माग्दै लेकसाईड पुगेका अधिकारीलाई स्थानिय वासीले भव्य स्वागत गर्दै जिताउने बताएका थिए । घरदैलोका क्रममा लेकसाइड स्थित बगैँचा र जिरोकिलोमिटरमा कोण सभा समेत गरेको छ । कोणसभामा बोल्दै उम्मेदवार अधिकारीले देशले निकाश खोजिरहेको बताउदै देशलाई कांग्रेसले मात्र निकाश दिन सक्ने दावी गर्नुभयो । उहाँले देशमा कांग्रेसको जनलहर आएको भन्दै कांग्रेसको जित भए एक वर्षमा संविधान निर्माण हुने जिकिर गर्नुभयो । त्यसैगरि समानुपातिक उम्मेदवार वृन्दा राना मगरले संविधान निर्माणका लागि कांग्रेसको जित आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

उहाँले विगतमा कम्युनिष्टहरुले सत्ताकब्जा गरेकाले संविधान निर्माण हुन नसकेको बताउनुभयो । त्यसैगरि जिरोकिलोमिटरको कोणसभालाई सम्बोधन गर्दै महसमिति सदस्य तथा पुर्व क्षेत्रिय सभापति विरेन्द्रमान विजुक्छेले विकास र शान्तीका लागि कांग्रेसलाई भोट गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चार चार जना वामपन्थीहरुले नेतृत्व गरे पनि देशलाई संविधान दिन नसकेको बताउदै कांग्रेसको बहुमत आए संविधान बन्ने ठोकुवा गर्नुभयो । उहाँले कांग्रेस नै अहिलेको निकाश भएकाले सम्पुर्णलाई रुख चिह्नमा भोट गर्न आग्रह समेत गर्नुभयो । लेकसाईड बगैँचामा भएको कोण सभामा नेवि संघका पूर्व अध्यक्ष कुलप्रसाद गुरुङ, महासमिति सदस्य रामजी कुँवर, महाधिवेशन प्रतिनिधि मुक्ति केसी, पोखरा ६ इकाई समिति सभापति दिपेन्द्रजंग कुँवरले काँग्रेसलाई भोट हाल्न आग्रह गरेका थिए ।

कमेन्टहरु
Loading...