कास्की काँग्रेसको प्रवत्तामा सिग्देल

नवीन सिग्देल

पोखरा, २३ फागुन / नेपाली काँग्रेस कास्कीको प्रवत्तामा नवीन सिग्देल मनोनित भएका छन् ।कास्की काँग्रेसको शुक्रबार बसेको बैठकले जिल्ला सदस्य सिग्देललाई प्रवत्तामा मनोनयन गरेको हो ।

उनी २ दशक अघिदेखि निरन्तर रुपमा राजनीतिमा सक्रिय छन् । नेवि संघको राजनीतिमा रहदा उनी पृथ्वीनारायण क्याम्पसमा नेपाल विद्यार्थी संघकोतर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २ पटकसम्म उम्मेद्वार बनेका थिए ।

एक पटक सदस्य र अर्काे पटक सभापति पदमा निर्वाचन लडेका उनले निर्वाचनका क्रममा सार्वजनीक मुद्वा समेत खेपेका थिए । त्यस्तै लोकतान्त्रिक आन्दोलनका क्रममा पक्राउ परेका थिए ।

उनी नेपाल विद्यार्थी संघ कास्कीको सभापति, नेपाली काँग्रेस क्षेत्र नं २ को क्षेत्रीय सदस्य हुँदै काँग्रेसको १३ औं महाधिवेशनमा तत्कालिन कास्की क्षेत्र नं २ बाट जिल्ला सदस्यमा निर्वाचित बनेका थिए ।

प्रवत्ता मनोनित भएसँगै उनले पार्टीलाई मजबुद र शशक्त बनाउनु आफ्नो कर्तव्य भएको बताए । जनादेशले नेकपालाई सरकार चलाउन र काँग्रेसलाई संगठन बनाउन भनेकाले संगठन निर्माणमा ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।

उनी नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष समेत हुन् । २ दशकसम्म पत्रकारिता समेत क्रियाशील सिग्देल पत्रकारिता र राजनीति दुबै क्षेत्रलाई सन्तुलित बनाउन सफल छन् । बैठकले रिक्त जिल्ला सदस्य पदमा पोखरा ३१ का देवेन्द्र रानाभाट र पोखरा १७ का प्रेम परियारलाई मनोनित गरेको छ ।

त्यस्तै, तत्कालित नेपाल लोकतान्त्रिक फोरम र अखण्ड नेपाल पार्टी नेपाली काँग्रेसमा गाँभिएपछि कास्की काँग्रेसले समायोजन गरी २ पार्टीकोतर्फबाट ६ जना जिल्ला सदस्य पनि थप गरेको छ ।

जसमा अखण्ड पार्टीकोतर्फबाट पोखरा ३२ का गणेश केसी, पोखरा २१ का शोभाकर लामिछाने, अर्मलाकी मञ्जुश्री बस्नेत र फोरमकोतर्फबाट पोखरा १० का प्रज्वल रञ्जित, रुपा ७ की दक्षिणा सुवेदी र पोखरा २९की लक्ष्मी बास्तोला जिल्ला सदस्य बनेका छन्।

त्यस्तै, आमन्त्रित जिल्ला सदस्यमा पोखरा १३ का शिरोमणि बराल, पोखरा ३२ का नारायण पौडेल, माछापुच्छ«े गाउँपालिकाका मेखबहादुर गुरुङ, धितालका दीपक पौडेल, पोखरा ३१ का शिव अधिकारीलाई मनोनित गरिएको छ । बैठकले चैत्र १ गतेदेखि पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण अभियान संचालन गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै, प्रजातन्त्र सेनानी सोभियतबहादुर कुँवर, नेपाली काँग्रेस आर्वाका पूर्व इकाइ सभापति घनश्याम बराल, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेका पिता खड्कबहादुर जङ्गली क्षेत्री, जिल्ला सदस्य नारायणप्रसाद श्रेष्ठका पिता जुननारायण श्रेष्ठ, वडा नं ३ का इकाइ सचिव कृष्ण अधिकारीका पिता रामप्रसाद अधिकारी, क्रियाशील सदस्यहरु पोखरा २९ का उदीप गुरुङ, पोखरा ३ का लेखनाथ पाण्डे र पोखरा २६ का दुर्गाबहादुर भण्डारीको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...