नेपाली काँग्रेस कास्कीका बागी सहित ६ जना कारवाहीमा

पोखरा, ७ साउन/नेपाली काँग्रेस क्षेत्र नं. ४ कास्कीले ६ जनालाई कारवाही गरेको छ । क्षेत्रीय समितिको शुक्रबार वसेको बैठकलले स्थानीय तहको निर्वाचनमा वागी उम्मेदवार तीनका प्रस्तावक समर्थक र प्रचार प्रसार समितिमा रहेर काम गरेका छ जनालाई कारवाही गरेको हो।

कारवाहीमा पर्नेमा माछापुच्छ«े गाउँपालिका वडा नं. ३ घाचोकका अध्यक्षका वागी उम्मेदवार वेलबहादुर गुरुङ, तीनको प्रचार प्रसार समितिका संयोजक मिनबहादुर गुरुङ, सदस्य तीलबहादुर गुरुङ ‘राजु’, अन्नपूर्ण गाउँपालिका वडा नंं.७ लुम्लेका वडा अध्यक्षका वागी उम्मेदवार प्रेमबहादुर गुरुङ, प्रस्तावक कमलबहादुर गुरुङ, समर्थक हितमान गुरुङ रहेका छन्।

उनीहरुलाई साधारण सदस्यता समेत नरहने गरी कारवाही गरिएको नेपाली काँग्रेस क्षेत्र नं. ४ का सभापति पोषनाथ शर्माले जानकारी दिए। ‘पार्टीको केन्द्रीय परिपत्र अनुसार नै उहाँहरुलाई कारवाही गरिएको हो’–क्षेत्रीय सभापति शर्माले भने–‘पार्टीलाई देखिने गरी हराउने भूमिका खेल्ने जो कोही व्यक्तिलाई कारवाही हुन्छ।’

पार्टीका गतिविधिलाई अनुशाशित र मर्यादित वनाउनका लागि नेपाली काँग्रेस क्षेत्र नं. ४ का उपसभापति कमलबहादुर गुरुङको संयोजकत्वमा क्षेत्रीय अनुशाशन विभाग समेत गठन गरिएको क्षेत्रीय सचिव खिमलाल बास्तोलाले जानकारी दिए।
समितिको सदस्यमा क्षेत्रीय सचिव प्रकाश बराल र क्षेत्रीय सदस्य भरतबहादुर केसी रहेका छन्। ‘स्थानीय तहको निर्वचनमा घात प्रतिघात भएको विभिन्न इकाईबाट लिखित निवेदन आएको छ’–सचिव बास्तोलाले भने–‘घात प्रतिघात गर्ने व्यक्तिलाई किटान गरी कारवाहीको लागि जिल्लामा पठाउने जिम्मा अनुशाशन समितिलाई दिइएको छ।’

कमेन्टहरु
Loading...