कांग्रेसको जितबिना संविधान असंभव, उम्मेदवारहरु घरदैलो र कोणसभामा व्यस्त

पोखरा, २० कार्तिक /कास्कीका चारै क्षेत्रमा घरदैलो अभियान र कोणसभालाई जारि राखेका कांग्रेसका चारैजना उम्मेदवार र समानुपातिक उम्मेदवारले कांग्रेसको जितबिना संविधान नआउने ठोकुवा गरेका छन् । जनताको अपेक्षा कांग्रेसप्रति धेरै रहेकोले उनिहरुको अपेक्षालाई पूरा गर्न कांग्रेसलाई बहुमत दिन उनिहरुले आग्रह गरेका छन् ।क्षेत्र नं १

नेपाली कांग्रेस कास्की क्षेत्र नं १ का उम्मेदवार यज्ञबहादुर थापाले शान्ति र संविधानको लागि कांग्रेसको जित अपरिहार्य भएको बताउनु भएको छ । लेखनाथ १३ मा राजमार्गदेखि मजुवा, तल्लोगगनगौंडा, लामेआहाल, खुँदीखोलामा घरदैलो पछि आयोजना गरिएको कोणसभामा थापाले संविधान निर्माण संगसंगै लेखनाथको विकास निर्माणमा दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडा सभापति शिव बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव कृष्ण केशी, क्षेत्रीय सभापति वृजमान गुरुङ, महाधिवेशन प्रतिनिधि वुद्धिमान गुरुङ, मिलिजुलि समाजका अध्यक्ष गोपाल गुरुङ, कालिका निमाविका संचालक समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेले बोल्नु भएको थियो ।

उम्मेदवार थापा सहितको प्रचार टोलिले आज नै लेखनाथ वडा नं १४ सातमुहानेमा घरदैलो गरेको छ । वडा सभापति शिव बहादुर गुरुङको नेतृत्वमा प्रत्यक्ष उम्मेदवार थापा, समानुपातिक उम्मेदवार जीवन परियार, जिल्ला सचिव कृष्ण केशी लगायतले कांग्रेसको पक्षमा भोट माग्नुभयो ।
क्षेत्र नं २

कास्की क्षेत्र नं २ का प्रत्यक्ष उम्मेदवार शारदा पौडेलले आज पोखरा वडा नं १ मा घरदैलो गर्नुभएको छ । लालटिन वजार कसेरी मार्गमा आयोजना गरिएको कोणसभामा पौडेलले कांग्रेस विपन्न वर्ग तथा घरवारबिहिन जनताको समस्या समाधानको लागि सधैं सचेत रहेकोले ठाउँमा पुगे समस्या समाधानका उपाए निकाल्ने प्रयासमा जुट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पौडेलले शान्ति र संविधानलाई प्रमुख गन्तव्य भएको बताउँदै महिला उम्मेदवार भएकोले महिलाका समस्या र अधिकारको लागि पनि डटेर छलफलमा जुट्ने उल्लेख गर्नुभयो ।

क्षेत्रीय सभापति मधु वास्तोलाले नेपाली जनताले चाहेको राम्रो र हाम्रो संविधान कांग्रेसले जिते मात्रै आउने भएकोले अहिलेको जनलहरले कांग्रेसलाई जितको उन्मुख बनाएको बताउनु भयो । वडा सभापति टंकनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रचारात्मक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । टोलिले आजै क्याम्पस गेटमा कोणसभा गरेको छ ।

यसैबिच, क्षेत्र नं २ प्रचारप्रसार समितिले कार्तिक २२ गते अमरसिंह खेलमैदानको पश्चिमपट्टिको चौरमा आमसभा गर्न लागेको जानकारी दिएको छ । सभालाई कांग्रेस नेता केबि गुरुङ, पूर्वसभामुख तारानाथ रानाभाट लगायतले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै कार्तिक २३ गते कास्कीको भलाममा आमसभा गर्ने तयारि गरिएको छ । भलामको आमसभालाई कांग्रेस उपसभापति रामचन्द्र पौडेल लगायतले संवोधन गर्ने क्षेत्रीय सभापति मधु वास्तोलाले जानकारी दिनुभयो ।
क्षेत्र नं ३

क्षेत्र नं ३ का कांग्रेस उम्मेदवार सोभियत बहादुर अधिकारीले आज पोखरा वडा नं ८ मा घरदैलो गर्नुभयो । जनतासंगको प्रत्यक्ष भेटघाटले उम्मेदवार सहित जनतामा पनि उत्साह जागेकोले कांग्रेसको भोट रुख चिन्हमा आउनेमा कुनै दुविधा नभएको बताउनु भयो । अधिकारीलाई प्रचारको अवसरमा वडा नं ८ का वासिन्दाले स्वागत गर्दै चुनाव जित्न र जनताको घरदैलोलाई नबिर्सिन सुझाव दिए ।

अधिकारी सहितको प्रचार टोलिमा रहनु भएका समानुपातिक उम्मेदवार विन्दा राना र सुनयना पालिखेले संविधान दिन सक्ने हिम्मत राख्ने र सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएको पार्टी कांग्रेस नै भएकोले भोट दिन आग्रह गर्नुभयो ।

टोलिमा वडा सभापति सानो टेकन गिरी, क्षेत्र नं ३ का सभापति सोभाचन्द्र वराल, जिल्ला सदस्य वीरेन्द्र नारायण विजुक्छे, नेवि संघका केन्द्रीय सदस्य गोविन्द लामिछाने, समाजसेवी वलराम वराल, युवा नेत्री रजनी केशी, लगायत रहनु भएको छ । टोलिले भोलि पनि वडा नं ८ मा बाँकि रहेका स्थानमा घरदैलो गर्ने प्रचार सहयोगि विनोद केशीले जानकारी दिनुभयो ।

क्षेत्र नं ४

कास्की क्षेत्र नं ४ का उम्मेदवार महादेव गुरुङ सहितको टोलि पनि प्रचारमा सक्रिय रहेको छ । गुरुङ आज प्रचार टोलीको साथमा कास्कीको धिताल गाविसको घरदैलो तथा कोणसभा सरिक हुनुभभयो । गुरुङले धितालको वडा नं ६ पोखरीमा आयोजना गरिएको कोणसभामा बोल्दै जनताले जुन गाउँमा गएपनि कांग्रेसलाई विश्वास गरिरहेको अनुभूति सुनाउनु भयो ।

जनताको अपेक्षा अनुसार आफ्नो जित सुनिश्चित भएको बताउँदै गुरुङले जातिय भन्दा पनि राष्ट्रिय पहिचानका मुद्धालाई उठाउन जनताले सल्लाह दिएकोले राष्ट्रिय पहिचानका मुद्धालाई मजबुत् बनाउने कार्यमा कुनै कसर बाँकि नराख्ने उल्लेख गर्नुभयो । सभामा समानुपातिक उम्मेदवार हरिमाया गुरुङ, क्षेत्रीय सभापति आई बहादुर गुरुङ, सचिव युवराज कुँवर, देवेन्द्र कुमार शेरचन, महासमिति सदस्य रामचन्द्र त्रिपाठी, पोषनाथ शर्मा लगायतले कांग्रेसको पक्षमा भोट माग्नुभएको थियो ।

टोलिले छरिएर रहेका वडाहरुमा पैदल यात्रा र घरदैलो गर्न समय लाग्ने भएकोले भोलि पनि धिताल र आसपासमा गाउँमा घरदैलो गर्ने सहयोगि दीनेश आचार्यले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...