पोखरामा काग्रेसको आमसभा, ठुलो संख्यामा कार्यकर्ता उर्ताने

पोखरा, २८ चैत /नेपाली कांग्रेस कास्कीले चैत ३० गते पोखराको वीपी मार्ग चिप्लेढुंगास्थित मानव अधिकार चोकमा गर्ने विशाल आमसभाको तयारी अन्तीम चरणमा पुगेको छ ।

“काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान “ भन्ने मूल नाराका साथ आयोजना गरिने आमसभामा कांग्रेस कास्कीका १२ हजार क्रियाशील सदस्यसहित ठुलो संख्यामा जनसमुदायको उपस्थिति रहने पार्टीका जिल्ला सभापति कृष्ण केसीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

आमसभालाई पार्टीका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र स्वास्थ्य मन्त्री गगन थापा लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमा कास्की काग्रेसका सचिव सुदीप मोहन भटट्राई, प्रचार संयोजक नविन सिग्देल लगाएतले आम सभाको तयारीका जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...