नेपाली कांग्रेसको समिक्षा बैठकमा हातहालाहाल

स्याङ्जा, १० पुस/स्याङ्जाको वालिङमा नेपाली कांग्रेस स्याङ्जाको निर्वाचन समिक्षा बैठकमा हातहालाहाल हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा भेषराज अर्याल, कमल ढकाल र सुशिल काफ्ले रहेका छन् ।

बैठकमा नेपाली कांग्रेसको चुनाबी नतिजा स्याङ्जामा राम्रो हुन नसके पछी एकअर्का नेता कार्यकर्तालाई आरोप प्रत्यारोप लगाउदै हातहालाहाल हुँदा ३ जाना घाइते भएका हुन् । घाइते मध्ये भेष राज अर्याल र कमल ढकाललाई काठमाडौं उपचार्को लागि लगिएको प्रहरुीले जानकारी दिएको छ ।

स्याङ्जाको क्षेत्र नम्बर १ मा करिब १० हजार मतले नेपाली कांग्रेसले पराजय भोगेको थियो भने क्षेत्र न २ मा ३७०० मत ले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ चुनावमा पराजय भोगेका थिए । नेपाली कांग्रेसको समिक्षा बैठकमा तान्त्रिकपक्षले संस्थापन पक्षले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहयोग नगरेको आरोप लगाए पछि हातहालाहालको स्थित आएको जानकारहरु बताउ छन् ।

कमेन्टहरु
Loading...