कांग्रेसका मेयर र उपमेयरका प्रत्यासी स्मार्ट सिटी बनाउने सपना बोकेर घरदैलोमा

पोखरा, २१ बैशाख/नेपाली काँग्रेसका पोखरा लेखनाथ महानगरपालिकामा घरदैलो कार्यक्रम सुरु गरेको छ । विहिबार पोखरा वडा नम्वर २ बाट उम्मेद्वार सहित घरदैलो कार्यक्रम सुरु गरेको हो । पोखरा लेखनाथ महागनरपालिकाका मेयरका उम्मेदवार रामजी कुँवर, उपमेयरका उम्मेदवार सरस्वती गुरुङ, पार्टी सभापती कृष्ण केसी, पूर्व सभापति शोभियतबहादुर अधिकारी, संसद शारदा पौडेल वडा नंं २ का अध्यक्षका प्रत्यासी रामेश मल्ल र सदस्यहरुले संयुक्त रुपमा घरदैलो अभियान सुरु गरेका हुन् ।

पोखराको दुई नम्वर वडाको विन्ध्यावासिनीबाट मेयरका उम्मेदवार रामजी कुँवर र उपमेयरका उम्मेदवार सरस्वति गुरुङले आफनो घरदैलो अभियान सुरु गरेका हुन् । पोखरा २ को विन्ध्यावासिनी, भैरवटोल, बसपार्क माघरदैले गरेर उनीहरुले कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे । पोखराको समृद्धि र विकासका लागी कांग्रेसको जीत आवश्यक रहेको बताउदै आफुहरुलाई अमुल्य मत दिन उनीहरुले मतदातासँग आग्रह गरे ।

वडा नं. २ मा आयोजित कोणसभामा बोल्दै मेयरका उम्मेदवार राजमी कुँवरलले कांग्रेसले जे बोल्छ त्यही गर्ने भएकाले पोखराको सडक, खानेपानी, बढ्दो सवारी साधनको चाप नियन्त्रण, बृद्धाहरुलाई सेवा गर्ने ठाउँ लगायतका पूर्वाधार विकासका योजनालाई पुरा गर्न कांग्रेसको आफनो जित आवश्यक रहेको बताए । उनले अन्य पार्टीजस्तो कांग्रेसले झुटको खेती गर्न आवश्यक नरहेकाले मतदाताले नेपाली काँग्रेसलाई नै जिताउने दावी गरे । सभामा ठूलो संख्यामा एमाले र माओवादी पार्टी परित्याग गर्नेहरुलाई काँग्रेसमा मात्र स्थान भएको भन्दै उपयोग गर्ने कम्युनिष्ट छोडेर पोखराको विकासमा ध्यान दिन आग्रह गरेका थिए ।

वडा नं २ मा भएको चुनावी सभामा सम्वोधन गदै नेपाली काँग्रेसका तर्फबाट उपमेयरकी प्रत्यासी सरस्वती गुरुङले सबैलाई जोड्ने शक्ति कांग्रेस भएकाले पोखराको विकासका लागि कांग्रेसको जितको विकल्प नभएको बताइन् । उनले बाँकी रहेको केही दिन कांग्रेसका कार्यकर्ता, मतदाताले खटेर काम गरिदिए आगमी पाँच वर्ष हरेक मिनेट जनताका लागि कामगर्ने प्रतिबद्धता गरिन् । ‘तपाइहरु चार पाँच दिन हाम्रा लागि खटिदिनुसन् र भोट हालिदिनुस्, हामी तपाइहरुका लागि पाँच बर्ष हरेक मिनेट खटेर काम गर्नेछौं’ उपमेयरकी प्रत्यासी सरस्वति गुरुङले भनिन् ।

वैशाख ३१ गते हुने स्थानीय निकायको चुनावमा मेयर, उपमेयर तथा सम्पूर्ण गाउँपालिकाका पदाधिकारीहरुलाई जनताले भरोसा र योग्य पार्टी भन्दै भारी मत दिने उनको विश्वास थियो । कास्कीका पार्टी सभापति कृष्ण केसीले संविधान दिन सक्ने पार्टी काँग्रेसले शान्ति, सम्वृद्धि र पोखरा लेखनाथलाई स्मार्ट सिटी पनि दिन सक्ने भन्दै कम्युनिष्टलाई नेपाली जनताले मत नदिने बताए । उमेद्वार नै ‘मै हुँ’ भन्दै नेता केसीले रामजी कँुवर र सरस्वती गुरुङलाई भारी मत दिन सवैमा आग्रह गरे ।

नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभा अन्तर्गत विहीवार मेयर र उपमेयर पदका प्रत्यासीले मत माग्दै वडा नं २, वडा नं ४, वडा नं ९, वडा नं २१ को कृस्ति र निर्मलपोखरी कार्यालय उद्घाटनमा आफ्ना योजना र प्रविधि वारेमा जानकारी दिएका थिए । उनीहरुले त्यहाँका भिन्दा भिन्दै सभामा पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्व सभापति शोभियतवहादुर अधिकारी, सांसद शारदा पौडेल, बृन्दा राना, युवा एवं प्रखर नेता देवराज चालिसे, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, युवा नेता नरेशशंकर पालिखे, युवा नेता नविन सिग्देल, क्षेत्रीय सभापति विजय आचार्य, प्रा.डा. रामचन्द्र पोखरेल लगायतले सभामा सम्वोधन गर्दै नेपालको भविष्य र प्रजातन्त्रकोलागि यो मौका नचुकाउन नेपाली जनता समक्ष अनुरोध गरे ।

कमेन्टहरु
Loading...