वडा नं.९ मा कांग्रेसको घरदैलो

पोखरा, २२ कात्तिक/नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ का उमेदवार घरदैलो गर्ने क्रममा पोखरा वडानम्बर ९ मा पुगेका छन । नेपाली काँग्रेस कास्की क्षेत्र नं.३ का उम्मेदवार शोभियत बहादुर सहितको टोलिले शुक्रबार वडानम्बर ९ का पृथ्वीचोक, बसपार्क, नागढुंगा, कृष्णटोल, पर्वतीटोल, सभागृह लगायतका स्थानमा घरदैलो गरेको हो ।

प्रचार प्रसार समितिले आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै उमेदवार अधिकारीले पोखरा पर्यटकिय क्षेत्र भएकाले यसका पुर्वाधर विकासमा जोड दिने दावी गर्नुभयो । उहाँले पोखरामा रहेको सुकुमवासी वस्तीका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभयो ।

घरदैलो कार्यक्रममा समानुपातिक उमेदवारद्धय वृन्दा राना मगर, सुनियना पालिखे, जिल्ला उपसभापति विष्णु बास्तोला, महासमिति सदस्य नरेश शंकरपालिखे, जिल्ला सदस्य तथा पुर्व क्षेत्रिय सभापति विरेन्द्रनारायण विजुक्छे, क्षेत्र नं.३ का सभापति शोभाचन्द्र बराल, क्षेत्रिय सदस्य उमा ठकुरी, महिला नेत्री सारदा गिरि, जगत थापा, भरतजंग कुवाँर, लगयात नेताहरुको सहभागिता रहेको थियो । घरदैलोका क्रममा वडानम्बर ९मा पुगेका उम्मेदवार अधिकारीलाई अत्याधिक मतले विजयी गराउनका लागि सहयोग गर्ने स्थानियले बताएका थिए ।

कमेन्टहरु
Loading...