भदौरे तामांगी वडा नं. २ मा संघीय समाजवादीको चुनाव प्रचार समिति गठन

पोखरा, २३ असोज/दोश्रो संविधानसभाको निर्वाचनमा संघीय समाजवादी पार्टीको तर्फबाट कास्की निर्वाचन क्षेत्र नंं ४ का उमेदवार गणेशमान गुरुङलाई जिताउन वडा वडामा चुनाव प्रचार प्रसार समिति गठन अभियान सञ्चालन भईरहेको छ । यसैक्रममा भदौरे तामांगी गाविस वडा नं. २ मा सम्पन्न वडा भेलाले शान्तबहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय वडा चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । समितिका सदस्यहरुमा इच्छाबहादुर गुरुङ, टिकप्रसाद गुरुङ, सोमबहादुर गुरुङ, बुद्धिमान गुरुङ, दुर्गा गुरुङ, विजय गुरुङ, सुर्य गुरुङ र विशाल गुरुङ चयन हुनुभएको छ ।

सिर्जना युवा क्लवका अध्यक्ष शान्तबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले समितिको सल्लाहकारमा चिजकाजी गुरुङ, सोमबहादुर गुरुङ र पदम गुरुङ चयन हुनु भएको संघीय समाजवादी कास्की निर्वाचन क्षेत्र नं. ४ का अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रमका सहभागीहरुले पुराना राजनीतिक दलले नेपाली जनतालाई संविधान दिन नसक्ने भन्दै विगतमा जुनसुकै दलमा रहेतामा पनि अब पहिचान सहितको संघीयता निर्माण गर्न स्थापित नयाँ राजनीतिक शक्तिलाई साथ दिने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमका कास्की क्षेत्र नं. ४ का उम्मेदवार गणेशमान गुरुङ, पार्टीका केन्द्रीय सचिव डिवी नेपाली, जिल्ला सचिव गिरीप्रसाद गुरुङ, क्षेत्रीय अध्यक्ष ओमबहादुर गुरुङ, जिल्ला सदस्य प्रेमबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...