नयाँ सरकार बनाउन कानुनी जटिलता छैन – भट्टराई

सागर राज तिमिल्सिना
पोखरा, ९ साउन/नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ सरकार बनाउन कुनै कानुनी संकट नरहेको बताएका छन् । प्रेस सोसाइटी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ संविधानले सरकार बिहिन अवस्थाको परिकल्पना नगरेको बताए ।

नयाँ सरकार बनाउन कानुनी जटिलता छैन – भट्टराई
नयाँ सरकार बनाउन कानुनी जटिलता छैन – भट्टराई

‘सरकार बनाउन कानुनी अवरोध छैन,’ उनले भने, ‘नैतिक संकट मात्रै हो ।’ उनले संविधानमा अवरोध भएमा संसदबाट सम्बैधानि अवरोध खोल्न सकिने बताए । उनले सरकार बनाउने र गिराउने खेलले पुन राननीतिक अस्थिरता निम्त्याएको बताए ।

उनले नयाँ संविधान जारी भएपछि देशले राजनीतिक स्थिरता, विधिको शासन र संबृद्धि पाउने जनताको अपेक्षा विपरीत पुराना राजनैतिक शक्तिहरु सत्ताको खेलमा लागेको आरोप लगाए । देश र जनताको लागि काम गर्नु पर्ने समयमा पार्टी र गुटले देशलाई घाटा पुगेको बताए ।

उनले सत्ताको खेल अन्त्यका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रिपतिय प्रणाली आवश्यक रहेको बताए । उनले राजनैतिक सत्ताको खेल देखेर जनता पनि प्रत्यक्ष निर्वाचित राष्ट्रिपतिय प्रणलीको सर्मथनमा आउने बताए । २०७४ साल माघ सम्म तीन वटा चुनाव गर्नुपर्ने सम्बैधानीक बाध्यतालाई ख्याल गर्दै तीनवटै चुनाव एकै पटक गर्नु पर्ने बताए । प्राविधिक रुपमा सम्भव र देशको आर्थिक बचतका लागि यो आवश्यक रहेको उनको भनाई थियो ।

कमेन्टहरु
Loading...