जुत्ता प्रहारको घटनालाई सामान्य रुपमा लिएको –डा. भट्टराई

पोखरा, २३ मंसिर /नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफूमाथि भएको जुत्ता प्रहारको घटनालाई सामान्य रुपमा लिएको बताएका छन् । पोखरा विमानस्थलमा बिहीबार संचालकर्मीहरुसँग बोल्नै पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले भने लोकतन्त्रमा शान्तिपूर्णरुपमा विरोध गर्ने अधिकार रहेको हुँदा यसलाई ठूलो नबनाउन संचारकर्मीलाई आग्रह गरे ।

उनले भने, के देखेर ममाथि कालो झण्डा र जुत्ता प्रहार भयो त्यो मलाई थाहा छैन । मैले प्रहरीलाई जुत्ता हान्नेलाई छाडिदिन समेत भनिसकेको छु । उनले संविधान संशोधन प्रस्ताव परिमार्जन गरेर पारित गर्नुपर्नेमा सुझाव दिए । उनले भने, संशोधन गरेर सबै पक्षलाई अटाउनुपर्दछ । एमालेले आफ्ना कुरा राखे हुन्छ, संसद् अवरुद्ध गरेर निकास निस्किदैन ।

राजनीतिक स्थिरताका लागि शासकीय स्वरुपमा परिवर्तन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति बनाउन सके भिजन भएको व्यक्तिले देशको विकास गर्न सक्छ, अन्यथा ६÷९ महिनामै सरकार परिवर्तन हुने खेलले देशको विकास हुँदैन । यसअघि, मञ्चमा बोलिरहेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी संयोजक डा. भट्टराईमाथि बिहीबार बिहान पृथ्वीनारायण क्याम्पसमा एक विद्यार्थीले जुत्ता प्रहार गरेका थिए ।

कमेन्टहरु
Loading...