तमु समाज, टोल विकास संस्था र आमा समुहसँग बखान

पोखरा, २९ कात्तिक/क्षेत्र न.२ का उम्मेदवार बखानसिंह तमु (आभाष) ले तमु समाज, टोल विकास संस्था र आमा समुहसँग भेटघाट गरेका छन् । उनले शुक्रबार व्रmब अजि तमु समाज (चिङ्दी) मा भेटघाट गरे । कार्यक्रममा उम्मेदवार बरालले जनसंविधान र समृद्ध नेपाल निर्माणको बाटो एकीकृत माओवादीको विजयले निश्चित गर्ने बताए ।
उम्मेदवार तमुले शुक्रबार नै पोखरा –१६ मा रहेको सगरमाथा टोल विकास समिति र जाल्पादेवी आमा समुहसँग संयुक्त रुपमा भेटघाट गरेका छन् । शुक्रबार नै उम्मेदवार तमुले पोखरा १८ मा रहेको सगरमाथा मार्ग टोल विकास संस्था र सगरमाथा आमा समुहसँग भेटघाट गरे । कार्यक्रममा उम्मेदवार बखानसिंह तमुलाई जनताको आशा र भरोषालाई कुनै पनि हालतमा नतोड्ने बताए

कमेन्टहरु
Loading...