बाबुरामलाई जुत्ता प्रहार गर्ने सन्जीबले नयाँ पार्टी घोषणा गरे

पोखरा, १४ चैत /पोखरामा बाबुराम भट्टराईलाई जुत्ता हानेको भनि चर्चामा आएका सन्जीब भट्टराईले नयाँ पार्टीको घोषणा गरेका छन् । उनले युवा शक्ति नेपालमा नाम राखेर पार्टी घोषणा गरेका छन् ।

नेपाल र नेपालीको स्वतन्त्रता, सार्वभौमिकता, भौगेलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानमा आँच आउन नदिई समृद्ध नेपालको लक्ष्य प्राप्ति गर्न पार्टीको मुख्य लक्ष्य रहेको संयोजक सन्जीव भट्टराईले बताए । उनले नयाँ युवाहरुलाई लक्ष्ति गरेको पार्टीको घोषणा गरेको बताए ।

उनले सबै राजनीतिक पार्टीले युवालाई राजनीतिमा माथी जाने बाटो मात्रै बनाएको बताए । उनको संयोजत्वमा लक्ष्मण रोका मगर, दिपेस राई, हिमाल राई छन् । सन्जीबले केही महिना पहिले पोखरामा भएको एक कार्यक्रममा पुर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईलाई कालो झण्डा देखाउदै जुत्ता प्रहारको गरेको भन्दै चर्चामा आएका थिए ।

कमेन्टहरु
Loading...